७ वैशाख २०८१ शुक्रबार
कला

गन्धर्व नाटकघरमा ‘उ मरेकी छैन’ मञ्चन

पोखरा- पोखरा थिएटरको गन्र्धव नाटक घरमा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतीको रुपमा मञ्चन सुरु भएको यो नाटक पुस १४ गतेसम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ। शुक्रबारदेखि सुुरु भएको नाटक शनिबार दुई सो मञ्चन भएको न्यारेटर समूहका रेवन राईले जानकारी दिए।

‘उ मरेकी छैन’ नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन्। नाटकको परिकल्पना र निर्देशन चे शंकरले गरेका छन्। नाटकलाई आर्कषक बनाउन धार्मिक संवाद, लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीतले सहयोग गरेको छ।

१ घण्टा १० मिनेटको यो नाटकले पोखरेली नाट्य प्रेमीको मन जित्दै गएको र अझै माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन्। नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गरेका छन्। उनीहरुले नाटकलाई राम्रो बनाउन भर मग्दुर प्रयास गरेका छन्।

नाटकलाई राम्रो बनाउन प्रदर्शन अवधिमा थुप्रै किसिमका नाट्य सामाग्री प्रयोग गरिएको छ। तिनको व्यवस्थापनसमेत कलाकार आफैले गर्दै अभिनय गर्न सक्नुले कलाकारको मेहनत झल्काउँछ। आफैले प्रयोग गर्ने सामाग्री ठिक समयमा ल्याउँदै थन्क्याउदै फेरी अभिनयको मुडमा आउनु सहज होइन। जसलाई कलाकारले सहजै व्यवस्थापन गरेकोले नाटक राम्रो बनेको छ। नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन्।

नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजेसमेत मञ्चन भइरहेको सह–निर्देशक रेवन राईले बताए। आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गरेकोले दर्शकको साथ र सर्पोट आवश्यक परेको उनले बताए। पहिलो सो हेर्न पुगेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएपछि न्यारेटर समूह उत्साहित बनेको छ।

 

प्रकाशित: ६ पुस २०७६ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App