१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड नाघ्यो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देश-विदेशबाट सहयोग ओइरिँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको मौज्दात १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा गरी हालसम्म कुल १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ मौज्दात रहेको छ। विपद्‌पछि कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

कुल मौज्दातमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १२ अर्ब ५ करोड ९९ हजार ७२९ रुपैयाँ संकलन भएको छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत, खोज तथा उद्धार कार्यका लागि सरकारले यसअघि नै उक्त कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

बाँकी रकम प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा परिचालन गर्ने तयारी छ।

प्रकाशित: १४ आश्विन २०८३ २१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App