७ वैशाख २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘दियालाे’ तथा ‘वसन्तको पालुवा’ लोकार्पण

खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले ‘दियालाे’ (खाेटाङ स्मारिका) र कवि चन्द्रमणि भट्टराईकाे ‘वसन्तको पालुवा’ कवितासङ्ग्रह लोकार्पण गरेकाे छ। कवि भट्टराईकाे कवितासंग्रहकाे सामुहिक लाेकार्पण गरिएकाे थियाे।

कृष्णप्रसाद भण्डारी ‘मर्सेली’को अध्यक्षता तथा गुठीका पूर्व अध्यक्ष माधव कोइरालाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा लक्ष्मी रायमाझीले उपस्थित जनलाई शब्द मार्फत स्वागत गरेकी थिइन्।

विशिष्ट अतिथिमा प्रमोद प्रधान, प्राज्ञ विवश पोखरेल, प्राडा मेदिनीप्रसाद  शर्मा, घनश्याम पोखरेल, प्राज्ञ खेम नेपाली कविराज न्यौपाने, महेश रेग्मी समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा समालोचक बाबुराम पोखरेलले वसन्तको पालुवा कृतिमाथि टिप्पणी र दियालो स्मारिकाको प्रकाशनबारे मन्तव्य राखेका थिए।

समालाेचक प्रमोद प्रधान, डा. देवी पन्थी, भवानीप्रसाद पोखरेल, बलराम पोखरेल समेतले स्मारिका र कवितासंग्रहकाे विषयमा बोल्दै शुभकामना प्रस्तुत गरेका थिए।

कार्यक्रममा कवि भट्टराईले रचना गर्भको कुरा प्रस्तुत गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

यस कार्यक्रममा सहभागी कविहरूले आआफ्ना सिर्जनात्मक तथा समसामयिक रचनाहरू वाचन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए।

लक्ष्मी पोखरेलले सञ्चालन गरेकाे उक्त कार्यक्रममा रामबाबु दाहाल, नानुमैया दाहाल, निर्मला नेपाल, एलपी पाराजुली, मञ्जु घिमिरे दाहाल, गोविन्द ढुङ्गाना, शिवनारायण, ऋषि, तिवारी, भुपाल अधिकारी, पुण्य चौलागाईं, भिमेन्द्रबहादुर कार्की, किरन अन्जान, दिङ्लाली कान्छो, प्रेमप्रसाद रिजाल, शैलेन्द्र घिमिरे, शंकर सुवेदी, स्वयम्भुनाथ कार्की, नवराज घिमिरे, केशु विरही, लक्ष्मी न्यौपाने, भीम कोइराला, अर्जुन नेपाल, फडिन्द्र  पराजुली, नवराज नवसिला, हरि कट्टेल, तुलसीप्रसाद घिमिरे, चिरञ्जीवी काफ्ले, उमानाथ भट्टराई, भनीप्रसाद पोखरेल, नरेन्द्र राई रहेकाे थियाे।

त्यस्तै लक्ष्मी रायमाझी, बिमला पौडेल, विश्वनाथ, विश्वकान्त दाहाल, सीताराम दाहाल, टंकनाथ दाहाल, सुजाता राई, सुनिता निरौला पौडेल, केदार ढकाल, अच्युत खतिवडा, स्वर्णकान्त दाहाल, भक्ति दाहाल, तारानाथ भट्टराई, हरिप्रसाद घिमिरे, दीपकप्रसाद घिमिरे, हरिहर भण्डारी, जमुना पौडेल, सुशीला प्रसाई, राधेश्याम घिमिरे, उमेश लुइँटेल, नेत्र खतिवडा, सुशीला घिमिरे, चुडामणि घिमिरे, गोविन्दप्रसाद घिमिरे, योगराज घिमिरे, डोमि कामत, संगीता पोखरेल लगायतका साहित्यकारहरूको उल्लेखनीय सहभागिता थियो।

प्रकाशित: ७ वैशाख २०८३ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App