१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सर्त तोकेर प्रस्थान अनुमति दिने अधिकृत निलम्बित

अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।  

सोमबार एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताए । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको हो ।  

संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै नीतिविपरित काम गर्न नपाउने भनी लिएको भन्दै विरोध भएको थियो । सोही विषयमा छानबिनका लागि यही वैशाख ३ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ७ वैशाख २०८३ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App