१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

टि-२० आइमा हेमन्तको डेब्यु, यस्तो छ नेपालको प्लेइङ-११

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको ‘अन्डर लाइट टी-२० आई सिरिज’ अन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै ब्याटिङ रोजेका हुन्।

नेपाल र युएईबीचको यो १२ औं भेट हो। यसअघि भएका ११ प्रतिस्पर्धामा नेपालले ६ खेलमा जित हात पारेको छ भने युएईले ५ खेल जितेको छ।

घरेलु मैदानमा युएईलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिएको छ।

आजको खेलका लागि नेपाली टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरी र विकेटकिपर अर्जुन साउदसँगै सन्दीप लामिछाने, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन्।

त्यस्तै, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, नन्दन यादव, हेमन्त धामी र शेर मल्लले अन्तिम ११ मा स्थान बनाएका छन्। धामीको यो डेब्यु म्याच हो।

नेपालको प्लेइङ-११

दीपेन्द्रसिंह ऐरी (कप्तान), अर्जुन साउद (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, नन्दन यादव, हेमन्त धामी र शेर मल्ल।

प्रकाशित: ७ वैशाख २०८३ १७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App