८ वैशाख २०८१ शनिबार
कला

चिवा भञ्ज्याङदेखि झुलाघाट र राजनीतिक दर्शनसम्म

पुस्तक चर्चा

दशवर्षे जनयुद्धले नेपाली राजनीतिमा उथलपुथल ल्याइदियो । एकातिर हत्या–हिंसाले निराशा दियो भने अर्कोतिर क्रान्तिकारी विचारले सर्वसाधारणमा साम्यवादको चेत सिर्जना गरिदियो । नेपालका कुनाकुनामा राजनीतिक लहर दौडियो । कतिपय लेखकले यसलाई लेखनको विषयवस्तु बनाए । ठाउ“ठाउ“मा बंकर र एम्बुस खनिए । कतिपय संरचना भत्किए अनि फेरि बनाइए । कोही जानाजान ज्यानको बाजी थापेर समाज परिवर्तनका लागि युद्धमा होमिए । कोही जर्बजस्ती मारिए ।    

समाज परिवर्तन गर्ने हेतुले जनयुद्धमा समर्पित भएका गंगा श्रेष्ठले माओवादी कालमा नेपालको पूर्वदेखि पश्चिम ‘चिवाभञ्ज्याङबाट झुलाघाट’सम्म एक महिना यात्रा गर्दाको अनुभूतिलाई ‘मध्यपहाडको यात्रा’ शीर्षकको पुस्तकमा समेटेका छन् । लेखकको यो एघारौँ कृति हो ।

‘युद्धमा नचाहेर पनि मानिसहरू मर्छन् । किनकि युद्ध भनेको कविता कोर्नु होइन, कार्चोभी भर्नु होइन् । युद्धमा रगतको लेनदेन हुन्छ । युद्ध निकै कठोर, कष्टकर र भयानक भनेर परिभाषित गरेका छन् । गणतन्त्रको प्राप्ति जनयुद्धको मुख्य उद्देश्य थियो ।’

राजनीतिक कारणले पा“च वर्ष जेल जीवन बिताएका उनी विद्यार्थीकालदेखि नै राजनीतिक क्रियाकलापमा सक्रिय थिए । स“गस“गै साहित्यिक लेखनलाई पनि निरन्तरता दिए । माओवादी युद्धताका केही फौजी कारबाहीमा पनि श्रेष्ठ संलग्न थिए । उनले नेपालको राजनीति गतिविधिलाई नजिकबाट नियालेर आफ्नो लेखनमा प्रतिविम्बित गरेका छन् । नेपालका विभिन्न ठाउ“ घुम्न चाहेर नसकिरहेका हामी अधिकांशका लागि यो पुस्तक गाइड बन्न सक्छ ।  

लेखकले यो किताब लेख्नुको उद्देश्य यात्राको लक्ष्य, तयारी, व्यवस्थापन, कार्यान्वयन, कार्यविधि, कार्यशैली, अनुुुुुुुुुभव र चुनौती लगायत अन्य क्षेत्रको बारेमा जानकारी लिएर पाठकलाई सूचित गर्नु हो । उनले आफ्नो लेखकीय इमानदारिता कायम गरेका छन् । किताब पढ्दा उनको राजनीतिक, साहित्यिक र बौद्धिक व्यक्तित्व झल्किन्छ ।  

तेह्रथुम, भोजपुर, खोटाङ पा“चथर, ताप्लेजुङ, इलामका विभिन्न ठाउ“ लगायत बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, डोटी, सिन्धुली लगायत अन्य जिल्लाको भ्रमण गर्दाको भोगाइलाई लेखक श्रेष्ठले सचित्र बयान गरेका छन् । उनको यो किताबले नेपालको भूगोल र यहा“को जनजीवनको वर्णन गरेको छ । श्रेष्ठले जनयुद्धले पारेको प्रभावको पनि अध्ययन गरेर व्याख्या गर्ने प्रयास गरेका छन् ।  

हिमाल र तराईलाई जोड्ने सेतु भएकाले लेखकले मध्यपहाडलाई नै आफ्नो रोजाइको केन्द्रबिन्दु बनाएका छन् । कुनै बेलाको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएकाले लेखकको दृष्टिमा यो क्षेत्रले महŒव पायो ।  

उनी जनयुद्धलाई समयको आवश्यकता ठान्छन् । ‌गंगाको विचारमा जनयुद्ध कसैको रहर थिएन् । युगको ऐतिहासिक आवश्यकता थियो । उनको सोचाइमा माओवादीले युगको आवश्यकता पूरा गरेको मात्र हो । गंगा लेख्छन्, ‘युद्धमा नचाहेर पनि मानिसहरू मर्छन् । किनकि युद्ध भनेको कविता कोर्नु होइन, कार्चोभी भर्नु होइन् । युद्धमा रगतको लेनदेन हुन्छ । युद्ध निकै कठोर, कष्टकर र भयानक भनेर परिभाषित गरेका छन् । गणतन्त्रको प्राप्ति जनयुद्धको मुख्य उद्देश्य थियो ।’  

झन्डै १७ हजार मानिसको बलिदानले देशमा गणतन्त्र आएपछि जनयुद्धको लक्ष्य पूरा भएको अभिव्यक्ति श्रेष्ठले यो पुस्तकमार्फत प्रस्तुत गरेका छन् । नेपालको भौगोलिक विकटता, जनताको गरिबी र राजनीतिक परिवेशले लेखकलाई यो पुस्तकलाई आकार दिनका लागि महŒवपूर्ण भूमिका खेलेका छन् ।  

यात्रा गर्दा सहयात्रीस“गको समन्वय, स्थानीय बासिन्दास“ग लेखकले गरेको व्यवहार र विषयवस्तुप्रतिको गम्भीरता प्रशंसनीय छ । कृतिलाई यथार्थपरक रुपमा लेखिए पनि साहित्यको रंग पोखिएर सुन्दरता थपिएको छ । डा. बाबुराम भट्टराईको अगाध राजनीतिक आस्थालाई लेखकको वर्णनले छर्लंग पारेको छ ।  

विभिन्न कठिनाइका बाबजुद लेखक र उनको टोलीले अदम्य साहससहित छिचोलेको मध्यपहाडको कथा प्रेरणादायी छ । यो कार्यमा सफल बन्न धैर्यता र आत्मविश्वास कोसेढुंगा साबित भएको छ ।  

जनयुद्धले प्रभावित नेपाल र यसको संरचना बुझ्नका लागि यो कृति प्रभावकारी छ । यसलाई सांग्रिला बुक्सले बजारमा ल्याएको छ । यसको पृष्ठसंख्या २१९ रहेको छ भने मूल्य ३७५ रुपैयाँ । समग्रमा मध्यपहाडको यात्रा पठनीय छ ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App