८ वैशाख २०८१ शनिबार
बालिका थपलिया


बालिका थपलियाका लेखहरु :

देउमाई

निश्छल मन भएका नरनारीको बसोबास भएकाले पनि इलामको देउमाई क्षेत्र आफैंमा अनुपम छ। प्राकृतिक सौन्दर्यका दृष्टिले आँखैभित्र राखिरहूँझैं लाग्ने इलामका विभिन्न भागको फेरो लगाएपछि यो ठाउँ साँच्चै प्रकृतिकी मानसपुत्री हो कि भन्ने भान पर्छ।

चिवा भञ्ज्याङदेखि झुलाघाट र राजनीतिक दर्शनसम्म

‘युद्धमा नचाहेर पनि मानिसहरू मर्छन् । किनकि युद्ध भनेको कविता कोर्नु होइन, कार्चोभी भर्नु होइन् । युद्धमा रगतको लेनदेन हुन्छ । युद्ध निकै कठोर, कष्टकर र भयानक भनेर परिभाषित गरेका छन् । गणतन्त्रको प्राप्ति जनयुद्धको मुख्य उद्देश्य थियो ।’

प्रेम फाटेको बाटो अर्थात् जेब्रा क्रस

जीवनमा चुनौतीसँग जुध्न चाहने तर्कना शर्माले आफनो उपन्यास ‘जेब्राक्रसमा वैचारिक चुनौतीस“ग जुध्ने प्रयास गरेकी छिन्।

बालापनको दशैँ

जब मालश्री धुन बज्छ, तब मलाई दशैँ आएको अनुभव हुन्छ। बाल्यकालमा बिताएको दशैँको स्मरणलाई ताजा बनाइदिन्छ। मेरो मनमा भावुकताको सवार हुन्छ र अतीतमा हराउन पुग्छु। मालश्री धुन मेरो अतीतको आलाप बनेको छ।

मौनताको कारागारभित्र

कवि कुन्ता शर्माको दोस्रो कविता कृति ‘मेरो मान्छे’ प्रकाशित भएको छ। सांग्रिला बुक्सले छापेको पुस्तकमा ५४ कविता छन्।

देशका बाधकतत्व

लेखक प्रकाश विकल्पले देश नबन्नुको कारण समेटेर पुस्तक लेखेका छन्– देश किन बनेन।  सांग्रिला बुक्सले छापेको पुस्तक एघार अध्यायमा विभाजित छ। पहिलो अध्याय ‘म र मेरो देश’मा काठमाडौं आएर संघर्ष गर्न थालेपछि उनले विकसित देशसँग आफ्नो देशको तुलना गरेका छन्। त्यसपछि ‘आफ्नो देश कहाँ चुक्यो ?’ भनेर अध्ययन थालेका हुन्।

गुलाबी नजर

जसरी संसारमा मानव जातिको सृष्टि भएको छ त्यसरी नै फूलहरुको पनि आफनै किसिमको सृष्टि छ। ‘मानव’ शब्द एक भए पनि व्यक्तिपिच्छे विशेषताहरु फरक पर्दछन्। फूल पनि फरक फरक स्वभावका हुन्छन्। ठाउ“ र हावापानी अनुसार रङगीचङगी फूलहरु फुलिराखेका हुन्छन्। विभिन्न उत्सबमा फूलहरुको महत्व हुन्छ। भ्यालेन्टाइन डे नजिकिइरहेका बेला गुलाफ र प्रेमबीचको सम्बन्धको बयान गर्नु सान्दर्भिक हुन्छ।

सुमलाप्रति...

तिम्रो झझल्कोले बारम्बार छाएकाले यो पत्र लेख्न खोजिरहेकी छु। जब ‘अपांगता’ भन्ने शब्द मेरो दिमागमा आउँछ तब सुरुवातको पंक्तिमा तिम्रै नाम आउँछ। यसको अर्थ मैले तिमीलाई अपमान गर्न खोजेको होइन, बरु सम्मानले भरिपूर्ण छु म। तिम्रो कलिलो र उज्यालो मुहार ह्विलचेयरमा बसेको रूप म झलझली सम्झिन्छु। अझ विशेष गरी तिमीलाई सम्झिने एउटा कारण छ। त्यो कारण हो– तिम्रो चित्रकला। तिम्रा ती सुन्दर चित्रहरू मेरो सम्झनाको क्यानाभासमा टा“गिएका छन्।

माइती सम्झँदै तिहार

प्रिय भाइ, मुटुभरी सम्झना। तिहार नजिकिँदै छ र तिम्रो झझल्कोले सताइरहेछ । यसपल्ट पनि नेपालीको दोस्रो ठूलो चाड तिहारमा तिमीसँग भेट भएन । त्यसैले मन खल्लो भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्