कवि कुन्ता शर्माको दोस्रो कविता कृति ‘मेरो मान्छे’ प्रकाशित भएको छ। सांग्रिला बुक्सले छापेको पुस्तकमा ५४ कविता छन्। उनका कवितामा राष्ट्र, समाज अनि जीवनका अनेक रङ भेटिन्छ। देशभित्र र बाहिरका युद्ध, भेदभाव, आक्रमण, भ्रष्टाचार, महिला हिंसा, जातीय र वर्गीय विभाजन अनि समाजको विखण्डनकारी मानसिकता विरुद्धको प्रतिरोधलाई उनले कवितामा ओकलेकी छिन्।
‘पोथी बास्नु हु“दैन्’ भन्ने चर्चित कविताकी लेखिका शर्माका कविता परिवर्तनगामी छन्। उनको ‘आ“धी आएको छ’ कविताले परिवर्तन उजागर गरेको छ। यसको एउटा वाक्य एकदम मार्मिक छ ‘मौनताको कारागारभित्र बन्दी बतास उत्तेजित भएको छ ।’
उनका कवितामा बौद्धिकताको छनक पाइन्छ। उनले कुरीतिप्रति खरो प्रहार गरेकी छिन्।
‘आगो नचलाऊ’ शीर्षक कविताले सदुपयोग गर्न नजानेमा जुनसुकै चीज पनि भयानक हुन्छ भन्ने भाव बोकेको छ। उनले ‘आमा’ शीर्षक कवितामा व्यावहारिक रुपमा माया गर्न छोराछोरीलाई आग्रह गरेकी छिन्। ‘बहिनी विद्रोह बोल्छे’ कविता मार्मिक छ। कविले वास्तविक शान्ति खोजेकी छिन् ‘बुद्धमूर्ति अगाडि उभिएर’ शीर्षक कवितामा। ‘भिडबाट निस्किएपछि’ कविताले भिड र एकान्तबीचको फरक उधिनेको छ।
उनले ‘बुबाको मुख हेर्ने दिनमा’ शीर्षक कवितामा बुबालाई सम्झेकी छिन्। ‘ब्वा“साहरुको रङ कस्तो हुन्छ ?’ कविताले भित्रभित्रै छुरा चलाउने प्रवृत्ति उदांगो पारेको छ। उनले युद्धको कुरुप पक्षलाई समेटेकी छिन् ‘घाइते भूमिका नानीहरुलाई’ कवितामा। संसारको सबैभन्दा आनन्द घरमा प्राप्त भए जस्तो लाग्छ। अनि ‘घर’ कवितामा घरको महत्व दर्शाउ“छिन् ।
जीवनको गहिराई अनि सङघर्षलाई व्याख्या गरिएको छ ‘जीवनगीत’ कवितामा। मनको संबेदनशीलता अध्ययन गरेकी छिन् उनले ‘मन दुखेको छ’ कविताभित्र। ‘मेरो मान्छे’ले उनको आत्मविश्वास झल्काएको छ। जस्तै विपत्ति आइपरे पनि डटेर सामना गर्ने नै वास्तविक मान्छे बन्छ भन्छिन् उनी। उनले नेताहरुलाई घोचेकी छिन् ‘तिनीहरुले लौरो बिर्सिए खोलो तरेपछि’ कवितामार्फत।
उनका कवितामा बौद्धिकताको छनक पाइन्छ। उनमा धेरै विषयको ज्ञान रहेछ भन्ने बुझिन्छ। उनले कुरीतिप्रति खरो प्रहार गरेकी छिन्।
प्रकाशित: २१ वैशाख २०७६ ०७:०० शनिबार