७ वैशाख २०८१ शुक्रबार
कला

पहिलो राष्ट्रिय बालकविता महोत्सव हुने

काठमाडौै – शैली थिएटर र ईसानको सहकार्यमा पहिलो रास्ट्रिय बालकविता महोत्सव २०७७ आयोजना हुने भएको छ। आयोजकका अनुसार महोत्सवमा विधालय स्तरको कविता प्रतियोगिता भएको हँुदा  शैक्षिक सत्र २०७६ मा  एसइइ दिने विद्यार्थी वा सो भन्दा तल्लो कक्षामा अध्यनरत विद्यार्थीहरुले मात्र सहभागी हुन पाउनेछन्। 

शैली थिएटरकाअनुसार कविताको शिर्षक वा विषयबस्तु छान्न प्रतियोगी स्वतन्त्र हुनेछन् भने राष्ट्रियतामा आँच आउने खालका विषयवस्तु तथा भाषा प्रयोग भएका कवितालाई समावेश गरिने छैन। महोत्सव संयोजक सरस्वती अधिकारी भन्छिन्,  ‘प्राविधिक कारणवश यस पटक कविता नेपाली भाषामा मात्र राखिएको छ, अंग्रेजी र अन्य भाषामा आएका कवितालाई प्रतियोगितामा समावेश गर्न सकेनौं।’

महोत्सव सहनिर्देशक सुबास सुवेदीका अनुसार यो कविता महोत्सव बाल नाटक महोत्सव जस्तै हरेक बर्ष शैली थिएटरले गर्ने छ। सुबेदी भन्छन्, ‘कविता नितान्त नयाँ हुनुपर्ने छ। पाठ्यक्रममा समाबेश भएका वा पहिले नै प्रकाशित भइसकेका कवितालाई प्रतियोगितामा समावेश गरिने छैन।’

आयोजककाअनुसार कविता पठाउँदा लिखित र बाचन गरेको भिडिओ सहित  पठाउनु पर्नेछ भने भिडियोको गुणस्तरलाई मुल्यांकनको आधार भने बनाइने छैन। मोबाइलमा कैद गरिएको भिडिओ बढिमा तीन देखि चार मिनेटसम्म मान्य हुने छ।

कविता मिति २०७७ बैशाख १० गते भित्र आईसक्नु पर्नेछ।समय सीमा नाघेर आएका कवितालाई प्रतियोगितामा समावेश गरिने छैन।  समय भित्र आएका भिडिओ सहितका कवितालाई निर्णायक मण्डलले दिएको अंकको आधारमा पुरस्कृत गरिनेछ। सहभागी सम्पुर्ण प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिनेछ। महोत्सवमा सहभागी सम्पूर्ण कविताको भिडिओ लाई शैली थिएटरले आफ्नो युट्युब च्यानलमा राख्नेछ।  सहभागी हुन कुनै किसिमको दर्ता शुल्क लाग्ने छैन।

महोत्सव निर्देशक नबराज बुढाथोकीका अनुसार निर्णायक र दर्शकको भोटको आधारमा पुरस्कृत गरिने छ। साथै उत्कृष्ट ५ कवितालाई पनि पुरस्कृत गरिनेछ। पुरस्कार वितरण शैली थिएटरले आयोजना गर्ने आगामी राष्ट्रिय बाल नाटक महोत्सवमा गरिनेछ। उत्कृष्ट २० कवितालाई राष्ट्रिय बाल नाटक महोत्सवमा  वाचन गर्ने व्यवस्था गरिनेछ।

प्रकाशित: ३० चैत्र २०७६ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App