महालक्ष्मी साहित्य समाजले १५ कविकाे संयुक्त कवितासङ्ग्रह ‘समय भित्रको समय’ लाेकार्पण गरेको छ।
कवि एवं राजनीतिज्ञ नवराज सिलवाल, गजलकार ज्ञानुवाकर पौडेल, कलानिधि दाहाल, डा.रजनी ढकाल, उत्तम केसी लगायतले उक्त कृति सार्वजनिक गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सिलवालले गरेको कार्यक्रममा ज्ञानुवाकर पौडेल, कलानिधि दाहाल, लक्ष्मी माली, डा. रजनी ढकाल लगायतले आआफ्नो मन्तव्य व्यक्त गरे।
कृतिका कविमध्येबाट विनोद खत्री आकाशले कृति प्रकाशनको सन्दर्भबारे बोलेका थिए।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीराम पौडेल तथा स्वागत मन्तव्य संस्थाका सचिव वासु गौतमले गरेका थिए। प्रत्येक कविको सातसात कविता समावेश भएको उक्त संग्रहका कविहरूमा कैलाशकुमार मल्ल, ध्रुवप्रसाद घिमिरे दीप, गोविन्दबहादुर खड्का, नानीमैयाँ अधिकारी, नारायण सिलवाल, पुष्पराज केसी, रविन्द्रकुमार थापा, राजाराम राउतका कविताहरू छन्।
यसैगरी राजेशमान केसी, रुविना राना, विनोद खत्री आकाश, लुमन्ति चित्रकार, शशिधर पोखरेल, शेखर आचार्य र सञ्चिता राना साम्पाङका कविताहरू यस कृतिमा समावेश छन्।
मिडिया पार्टनर इ खवर नेट रहेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी पुरुषोत्तम बस्नेतले गरेका थिए।
प्रकाशित: १४ वैशाख २०८२ १२:०२ आइतबार





