२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्वसांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ। उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पचासी वर्षको उमेरमा चौधरीको निधन भएको राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए। चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित उनी ऊर्जा, सिँचाइ र जलस्रोत राज्यमन्त्रीसमेत बनेका थिए। पछिल्लो पटक राष्ट्रिय मुक्ति पार्टीमा उनी कार्यकारिणी समितिमा थिए।

चौधरीका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: २६ पुस २०८२ २०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App