चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गरेका छन्।
जानकारी अनुसार रवि लामिछाने (घण्टी) ले १९ हजार ७०७ मत पाएका छन् भने मिना कुमारी खरेल (रुख) ले ५ हजार ८५५ मत पाएकी छिन्। त्यस्तै अस्मिन घिमिरे (सूर्य) ले ४ हजार ८५६ मत पाउँदा प्रताप गुरुङ (पाँचकुने तारा) ले २ हजार ६८१ मत पाएका छन्।
लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलको तुलनामा झण्डै १३,८५२ बढी मत प्राप्त गरेका छन्।
जम्मा ३५ हजार ८४९ मतगणना हुँदा एक हजार ४११ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ २०:३६ शुक्रबार


-600x400.jpg)


