२० चैत्र २०८१ बुधबार
image/svg+xml १५:५० अपराह्न
कला/संस्कृति

जगयात्री

लघुकथा

जगयात्री मेराे दुनियाँ चिन्न मन। निस्केँ जगयात्रामा। बिच बाटोमा एकजना छाेरीमान्छे भेटिइन्। उनले साेधिन् - तिमी काे हौ र कहाँ जाँदै छौ?

मलाई अचम्म लाग्याे। चिन्नु न जान्नु घचेटी माग्नु, पहिलो भेटमै २/२ओटाे प्रश्न?

मैले भने-जगयात्री म। भ्रमणमा निस्केको।

आहा कति सजिलै ढाँट्न जानेका। रमाइलो लाग्याे तिम्रो तरिका।

हैन ढाँट्या छैन। म आफ्नै सुरले जगविहारमा निस्केको। मलाई याे संसारमा डुल्नेहरू काे कस्ता भेटिन्छन्? जान्नु छ। मेराे हृदयेच्छा हाे।

भाेभाे मलाई भ्रममा नपार। म गुम्राहामा छैन। म दुनियाँ देखेकी छाेरी हुँ चानचुने नठान!

मलाई तिमीसित बहस गर्नु छैन। म जगमा बसेकाहरू चिन्न चाहन्छु। यति जानकारीका लागि यसरी भौंतारिनुपर्छु? याे त एकजना साथी अपनाए पुग्ने विषय हाे।

हँ, तिमी याे के भन्दै छ्यौ? यत्रो विशाल पृथ्वीमा छरिएका अरबौं मान्छे चिन्न खाेजेकाेलाई एकजनामा सीमित गरिदिने? अहँ,यस्ताे हुन सक्दैन। तिमीलाई सही र सत्य कुरामा विश्वास लाग्दैन हाे? आफ्नै कुरामा ढिपी गर्छौ? मेरो गाेरुकाे बाह्रै टक्का? जिद्दी छाडिदेऊ मेराे सल्लाह मान!

ओहाे! याे आफूले मेरै कुरा मान भनेर एकाेहाेरिएकाे के नि? ल, भन मेरो कुरा सुन्ने कि नसुन्ने? बरु सुनेपछि तर्क गर नसुन्दै नसुनी केकाे ढिपी गर्छौ त?

लल भन न त के हाे त्यस्तो जादुकाे छडी? सुनिहालम्।

याे भयाे नि बात! ल, सुनाइहाल्छु।

सुनाउन केकाे लर्‍याङबर्‍याङ त फेरि?

ल, सुनसुन- बिहे भयाे तिम्रो?

छैन, यसमा बिहेसँग के सम्बन्ध?

मूल कुरै बिहेकाे हाे। ल, जाऊँ बिहे गर।

गर्दिनँ म बिहेसिहे! घर छाडेर हिँड्या मान्छे!

ल, बिहेमै त दुनियाँ देखिन्छ नि। सृष्टिको तारमा करेन्ट भर्नेदेखि छलछाम, मायाकाे पाेयाे, झुक्याउने, रिसाउने, फकाउने, दिलभित्र लुकाउने, बाहिरी दुनियाँलाई देखाउने, तिम्रो जीवनमा राज गर्ने आखिर बिहे त हाे। बिहे नगरी दुनियाँ देखिँदैन, चिनिँदैन र दुनियाँले तिमीलाई पनि चिन्दैन। दुनियाँकाे सग्लो खेलमैदान भनेकै बिहे हाे। बिहेमा बजेकाे बाजा जीवनभर गुन्जिरहन्छ भन्ने थाहा छैन?

माथिल्लो तहकाे गफ दिने खतरा छाेरी रहेछौ। साँच्चि कसकी छाेरी हौ? भाे , छाडिदेऊ के गर्छौ मेरा बाकाे नाम। अझै पत्यार लागेन हाे? ल,जाऊ अनुभवीकाे सरणमा पर छर्लङ्ग देखिन्छ दुनियाँ!

प्रकाशित: २ चैत्र २०८१ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App