नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको सुधार भएको छ । मंगलबार सामान्य अंकले करेक्सन भएको नेप्से बुधबार भने २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा झण्डै ३५ करोडले कमी आएको छ । बुधबार ३१८ स्टकको ५३ हजार ८८४ पटकको कारोबारमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। विशाल बजार कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बोटलर्स नेपालको शेयरमा नकारात्मक सर्किट लाग्दा अन्य स्टकहरुको मूल्य ५ प्रतिशतभन्दाले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सिईडिबी होल्डिङ्गस लिमिटेडको ३६ करोड ५५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्सको ३५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ।
बुधबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.४४ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ।
प्रकाशित: २० चैत्र २०८१ १५:३६ बुधबार