१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव

प्रतिनिधिसभाको बिहीबारको बैठकमा तीन वटा महत्त्वपूर्ण विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिएको छ।

भाइरल ज्वरोबाट कसरी बच्ने ? (भिडियोसहित)

भाइरसबाहेक ब्याक्टेरिया, डेंगी, मलेरिया, टाइफाइडलगायत विभिन्न कारणले पनि ज्वरो आउन सक्छ। त्यसैले हरेक ज्वरोलाई ‘भाइरल ज्वरो’ भनेर घरमै औषधि खानु उचित हुँदैन।

भ्रष्टाचार र बहुविवाह गर्ने व्यक्ति निजामती सेवामा अयोग्य, यस्ता छन् अन्य प्रावधान

भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त गरिएको वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति अयोग्य ठहरिने उल्लेख गरिएको छ।

रास्वपाका जस्ता मौन सांसद हुनुभन्दा चुनाव हार्नु ठिक: खुश्बु ओली

राप्रपा नेता खुश्बु ओलीले संसद्‌मा जनसरोकारका विषयमा मौन बस्ने र सामाजिक सञ्जालमा क्रान्ति देखाउने रास्वपाका जस्ता सांसद हुनुभन्दा चुनाव हार्नु ठिक हुने बताएकी छन्।

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३।८४ मै यससम्बन्धी अध्ययन सम्पन्न गरी आवश्यक व्यवस्था अघि बढाउने जनाएको हो।

एमाले सांसद बरालको गुनासो- कर्णालीको समस्या सुनाउँदा ‘तिम्रा बा’ ले के गरे भन्छन्

नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले कर्णालीलाई बिचरा र दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने राज्यको विभेदकारी दृष्टिकोण अन्त्य गर्न माग गरेकी छन्।

राष्ट्रिय सभाका रिक्त दुई सदस्य चाँडै पूर्ति हुन्छ : मन्त्री गौतम

सरकारले राष्ट्रिय सभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरिने भएको छ।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

मनाङ हिमपहिरो: थप चार जनाको शव भेटियो, मृतकको संख्या ११ पुग्यो

मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा परेर ज्यान गुमाएका थप चार जनाको शव बिहीबार फेला परेको छ।

भोटेकोशी विपद्‌बारे अध्ययन गर्न राष्ट्रियसभाले बनायो विशेष समिति

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गरी दीर्घकालीन न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको छ।

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो।

स्विस हिमनदीमा ५ दशमलव ५ प्रतिशत बरफ घट्यो

अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिन नेपाली सेनाको टोली प्रस्थान

विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वानमा नेपाली सेनाको नयाँ टोली कार्यक्षेत्रतर्फ प्रस्थान गरेको छ।

प्रतिनिधिसभामा प्रविधिको चुनौतीदेखि जनताका समस्यासम्मका विषय उठान

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी, सुशासन कायम, विकास, समृद्धिलगायत विषयमा धारणा व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्