३ चैत्र २०८१ आइतबार
image/svg+xml १७:५७ अपराह्न
कला

साहित्यकार घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड’

वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए। अस्वस्थताका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुन सकिन। शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरेका थिए।

साहित्यकार घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको हाे। प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताए।

मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमकको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो। गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी  उनको बाल्यकाल कष्टकर बितेको थियो। उनलाई साहित्यले नै सफलताको बाटो कोरेकाे हाे।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार पाएकी थिइन्। किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरेकी थिइन्। त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कवितासङ्ग्रह प्रकाशित छन्। उनका एउटा क्वाँटी (विभिन्न विधा सङ्गह), अवसान पछिको आगमन–२०५७०, एउटा लेखसङ्ग्रह (सम्झनाका बाछिटा–२०५७), एउटा कथासङ्गह (पर्दा, समय र मान्छे–२०६२) र एउटा निबन्धसङ्ग्रह (बेमौसमका आस्था–२०६३) प्रकाशित छन्।

प्रकाशित: १२ फाल्गुन २०८१ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App