५ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:४१ पूर्वाह्न
कला

‘सपनीमा नआऊ तिमी’ गीतकाे लोकार्पण

साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल भीमफेदीयाकाे ‘सपनीमा नआऊ तिमी’ गीतकाे लोकार्पण गरेकाे छ।

राजधानीको डालो रेस्टुराँमा साहित्यिक पत्रकार संघले गीतकार तथा शब्दपथकर्मी सुभाषचन्द्र पौडेल भीमफेदीयाद्वारा लिखित सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर रहेको गीत ‘सपनीमा नआऊ तिमी’ लोकार्पण गन्यो।

प्राडा सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले उक्त गीतको युट्यूव संस्करणको प्ले बट्न थिचेर लोकार्पण गरेका हुन्। उक्त गीत सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर रहेको छ।

लोकार्पणपछि सङ्ग‌ीतकार तथा गायक सन्तोष श्रेष्ठले गीत‌कारले लेखेका शब्दहरूलाई सङ्गीतकार र गायकले मूर्त बनाउने काम गर्छ भनी ‘सपनीमा नआऊ तिमी’ गीतकारले कुन उमेरमा लेखेका होलान् भन्ने जिज्ञासा व्यक्त गरेका थिए।

त्यसपछि उपस्थित साहित्यकारहरू किशोर पहाडी, ठाकुर शर्मा भण्डारी र युवराज मैनालीले लोकार्पित गीत सुनेर आआफूलाई परेको प्रभावबारे प्रतिक्रिया व्यक्त गरेका थिए।

कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सुभाषचन्द्र पौडेलले मनमुटुबाट गीत लेखेकाे ठोकुवा गरे।

हाल अस्ट्रेलियामा रहेका गीतकार ‘भीमफेदीया’ ले प्रविधिमार्फत् यसरी आफ्नो अनुपस्थितिमा पनि गीत लोकार्पित भएकोमा खुशी व्यक्त गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न  लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्राडा केसीले अहिलेको प्रविधिको कारण यस्तो लोकार्पण कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए।

शब्दपथकर्मी मुरारि सिग्देलले चलाएकाे एक घण्टा समयावधिको उक्त कार्यक्रमको सम्पूर्ण छायाङ्कन अविरल साहित्य यात्राका रुद्र अधिकारीद्वारा गरिएको थियो।

प्रकाशित: ७ फाल्गुन २०८१ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App