२७ पुस २०८२ आइतबार
image/svg+xml
कला

भैरहवामा स्रष्टाहरू बुँद राना,विजय सागर र भरतकुमार पोखरेल सम्मानित

<br>

भैरहवामा गजलकार बुँद रानालाई मीन-पद्म गौचन साहित्य पुरस्कार, साहित्यकार विजय सागरलाई जनक स्मृति सिद्धार्थ साहित्य पुरस्कार र कवि भरतकुमार पोखरेललाई केम गुरुङ स्मृति साहित्य सेवा पुरस्कारबाट सम्मान गरिएकाे छ।

सिद्धार्थ साहित्य परिषद् सिद्धार्थनगरले आयोजना गरेकाे महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएकाे हाे।

देवकोटाको जन्म विसं १९६६ कार्तिक २७ गते काठमाडौँमा भएको थियो। सो वर्ष कार्तिक २७ गते लक्ष्मीपूजा परेको हुँदा कतिपय संस्थाले लक्ष्मीपूजामा देवकोटा जयन्ती मनाउने गरेका छन्। सिद्धार्थ साहित्य परिषद्ले भने लामो समयदेखि कार्तिक २७ गते जन्मजयन्ती मनाउँदै आएको छ।

उक्त अवसरमा  प्रखर समालोचक डा. शालिकराम पौड्याल र वरिष्ठ  चिकित्सक डा. गोविन्दबल्लभ भट्टलाई सिद्धार्थ साहित्य सम्मानबाट सुशोभन गरिएकाे छ।

परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता र प्राडा कपिल लामिछानेको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा देवीप्रसाद न्यौपानेले देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा कपिल लामिछाने, विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिहा खअहमद खान, मूल्याङ्कन समितिका संयोजक रुद्र ज्ञवाली, पुरस्कृत र सम्मानित स्रष्टाहरू, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका प्रमुख शान्ति दिदी, साहित्यकार सीता काफ्ले, सरु ज्ञवाली, लक्ष्मी शर्मा, राष्ट्रिय व्यापार सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठ आदिले देवकोटाका योगदानको स्मरण गरेका थिए।महाकविको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरिएकाे थियाे।

संस्थाका सहसचिव कृष्णप्रसाद बस्यालले सञ्चालन गरेकाे कार्यक्रममा साहित्यकार वनमाली निराकार, रामबहादुर श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, विजय पाण्डे, सीता भट्टराई, कृष्णचन्द्र बस्याल, यज्ञलाल सुवेदी, सिर्जना खनाल, सोनु गुरुङ, युवराज शर्मा खनाल, डा. दामोदर ढकाल, छविलाल न्यौपाने, तेजप्रसाद पन्थ र ठाकुरचन्द्र शर्माकाे उपस्थिति रहेकाे थियाे।

त्यस्तै गरी कार्यक्रममा घनश्याम गौतम, ताराप्रसाद शर्मा, गोपालप्रसाद अर्याल, डा. शंकर नेपाल, रुद्र शर्मा दुखी, विष्णु गजुरेल, सुरज घिमिरे दीपशिखा, राधा भट्टराई, राधिका खरेल, सावित्रा घिमिरे, अनुषा पौडेल, इ. चन्द्रभक्त श्रेष्ठ, उद्योगी केशव ज्ञवाली, उमेश थापा लाटो मगर, लता प्रधान, दीपक प्रधान, उषा श्रेष्ठ, तेजप्रसाद पाण्डे, ध्रुवनारायण त्रिपाठी, थमबहादुर गुरुङ, उदयराम पौडेल, माया कँडेल जस्ता स्रष्रटाकाे पनि उपस्थिति रहेको थियो।

प्रकाशित: २९ कार्तिक २०८१ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App