६ पुस २०८१ शनिबार
image/svg+xml
कला

इरान र अष्ट्रियाली कलाकारको अनुपम प्रस्तुती

एअर म्याकुब इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी २०२४ मा अस्ट्रिया र इरानका कलाकारले बेजोड प्रदर्शन गरेका छन्। उनीहले प्रस्तुत गरेको कलाले जीवन र जगतलाई कलाको माध्यमबाट सुक्ष्म अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

अस्ट्रियाका कलाकार अनिता फुच र इरानका सोमायेह सादात मिराब्बासीले प्रकृति र वनस्पतीलाई केन्द्रविन्दुमा राखेर असाधारण कला प्रदर्शन गरेका हुन्।  

रेसिडेन्सी प्रदर्शनीको क्रममा, अनिता फुचले शीर्षकविहीन शीर्षकमा विचार उत्तेजक कला प्रस्तुत गरेकी थिइन्। नेपालकी च्याउ अनुसन्धानकर्ता रुक्साना थापासँग सहकार्य गर्दै अनिताले मूर्तिकलाहरू मार्फत मनमोहक संसारका बारेमा जानकारी गराएकी थिइन्। उनले प्रस्तुत गरेको कलाले ग्यालेरीमा उपस्थितलाई प्रकृतिको अनुपम दृष्य नजिकबाट अनुभूत गराउन सफल भएको थियो।  

थापाले कलाकार अनितासँगको सहकार्यले वनस्पति विज्ञान, राजनीति, र दृश्य कला बीचको सम्बन्धलाई उजागर गर्ने अवसर पाएको बताइन्। अनिताको कलाले अर्थपूर्ण जीवन र सृजनात्मक अन्वेषणलाई फराकिलो बनाउन सकिने विश्वास गरिन्।  

सोही कार्यक्रममा इरानका सोमायेह सादात मिराब्बासीले मनमोहक डिजिटल कला प्रस्तुत गरेका छन्।  

सोमायेह विश्वास गर्छन् कि प्रत्येक  वस्तु, जनावर, बोटबिरुवा, यहाँसम्म कि सबैभन्दा सानो ढुङ्गा पनि एक असाधारण ब्रह्माण्ड हो। उनले यस्तै विषयमा आफ्ना सिर्जना प्रस्तुत गर्दै आएका छन्। 

सिनेमा र एनिमेसन फिल्म निर्माणका लागि उनी इरानमा प्रख्यात छन्। अनिता फुच भने प्राकृतिक विषयवस्तुको फोटोग्राफीका लागि अब्बल मानिन्छन् ।

प्रकाशित: १२ कार्तिक २०८१ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App