२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘बद्री बहादुर’ को प्रचारमा कपिल शर्माको प्रयोग !

नेपाली फिल्म ‘बद्री बहादुर’ को पोस्टरमा भारतीय कमेडियन कपिल शर्माको तस्बिर देख्न सकिन्छ। शोभित बस्नेतद्वारा निर्देशित फिल्मको पोस्टरमा शर्माको तस्बिर राखेर प्रचार गरिएको छ।

बस्नेत केही अगाडि मुम्बई गएका थिए। सो क्रममा ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेर कपिल शर्मालाई भेटेका उनले शर्मासँग आफ्नो फिल्मको शुभ–कामना भिडियो समेत बनाएका थिए।

उक्त भिडियो अहिले फिल्मको ट्रेलरमा समेत राखिएको छ। जुन ट्रेलर बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो।

तर कपिल शर्मा भने उक्त फिल्मको ट्रेलरमा कतै देखिएका छैनन्। फिल्म निर्माण युनिटले प्रचारमा शर्माको तस्बिर र भिडियो प्रयोग गरिरहेको देख्न सकिन्छ।

फिल्मको प्रचारमा कपिल शर्मालाई प्रयोग गर्नु कतिपयले दुरुपयोग गरेको भनी आलोचना गरिरहेका छन्।

फिल्म आगामी २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। फिल्ममा जयकिशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईं लगायतका कलाकारको अभिनय छ।

प्रकाशित: ९ चैत्र २०८० १६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App