१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

के साँच्चै ‘सोल मेट’ हुन्छन्?

यस्तो पनि !

भ्यालेन्टाइन्स डे आउँदैछ। यस अवसरमा धेरैले आफूलाई राम्रो लाग्ने, मन पर्ने र माया गर्ने व्यक्तिको खोजी गर्ने गर्छन्। तर अनुसन्धानकर्ताहरू भन्छन्, ‘दिगो सम्बन्ध चाहने हो भने ‘सोल मेट’जस्ता कुरालाई भाउ नदिनू।’

‘सोल मेट’माथि एलिजाबेथ गिल्बर्टलिखित उपन्यास ‘इट, प्रे, लभ’ प्रख्यात छ। सोल मेटको सिद्धान्त भन्नु मसँग एउटा ताला छ र ऊसँग त्यो तालासँग मिल्दो चाबी छ भन्नुजस्तै हो।

यसरी ताला-चाबीझैँ मिल्ने सम्बन्धले प्रेमिल र यौनिक रूपमा सन्तुष्ट जीवन अघि बढाउन सम्भव छ भन्ने सिद्धान्त सोल मेट सिद्धान्त हो तर सबै मामिलामा यो सही  नहुन सक्छ।

डेन्भर विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक स्कट स्टानलीको विचारमा जुन प्रेमिल सम्बन्धमा धेरै सम्झौता गर्नुपर्दैन, त्यस्तो सम्बन्ध प्रेम गर्न सहज मात्र हुँदैन, जोडीलाई खुसी पनि बनाउँछ।

सन् २०११ मा मरिस्ट सर्भेमा ७३ प्रतिशतले सोल मेटका कुरामा विश्वास गर्ने देखिएको थियो। दुई युवालाई भाग्यले जुराएको कुरामा विश्वास गर्ने ३० वर्ष मुनिका ८० प्रतिशतले विश्वास गरेको पाइयो।

सोल मेट खोज्नेहरू कि त रोमान्टिक हुनुपर्ने कि त यौनिक केमेस्ट्री हुनुपर्ने केहीको मापन थियो। तर समस्या के भने अधिकांशलाई त्यो कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुँदैन। दुःखको कुरा, सोल मेट फेला पार्ने अपेक्षा गर्नेको सम्बन्ध आधाजसो पारपाचुकेमा अन्त्य हुने गरेको पाइएको छ।

पारिवारिक जीवनको इतिहास खोतलिरहेकी स्टेफानी कुन्ज चाहिँ तुलनात्मक रूपमा पहिलेभन्दा अहिलेको परिवार बढ्ता प्रेमिल, खुसी र आनन्ददायक रहेकोमा जोड दिन्छिन्। उनको धारणामा रोमान्टिक सम्बन्धप्रति बढी नै आशक्त जोडीको सम्बन्ध चाँडै अन्त्य हुन्छ।

आशक्तिलाई कायमै राख्न ससाना कुरामा जोड दिनुपर्ने मनोवैज्ञानिक तथा होप कलेजका प्राध्यापक डेभिड मायर्सको सुझाव छ। बेलाबखतमा चुम्बन गर्ने, ससाना उपहार दिने लगायतका क्रियाकलापले जोडीलाई बाँधिरहने उनको धारणा छ।

क्यालिफोर्निया फेमिली सर्भेले देखाएअनुसार परिवारलाई पहिलो प्राथमिकता दिने जोडीमध्ये ५८ प्रतिशत वैवाहिक सम्बन्धबाट सन्तुष्ट देखिए। यस्तै बेलाबेलामा डेटिङ गइरहनेमध्ये २० प्रतिशत जोडा पनि निकै सन्तुष्ट रहेको देखिए।

उच्च गुणस्तरको वैवाहिक जीवनको मापन न सम्पत्ति देखिन्छ, न राम्रो जागिर, न त यौन सम्बन्ध नै। त्यसैले ‘सोल मेट’ सिद्धान्तमा धेरै भर पर्नु दुःखको कारण रहेको ब्राड विलकक्सको टिप्पणी छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ माघ २०८० ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App