१२ असार २०८१ बुधबार
image/svg+xml
कला

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय

लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्।  

लिम्बु भाषामा ‘कक्’ को अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो। आजदेखि लिम्बु समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ। राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर मनाउने चलन रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताए। 

मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको किंवदन्ती छ। आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए। आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनाम सुरुवात गरिएको छ। –रासस

प्रकाशित: १ माघ २०८० ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App