२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म ‘एक भागवत् गीता’ विवादित बनेपछि झरना भन्छिन्: 'मर्नु र बाँच्नुको पीडा भयो’

फिल्म  ‘एक भागवत् गीता’ विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन।

शनिबार मध्यरातमा सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोष्ट गर्दै थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी हुन्।

उनले फिल्ममा आफ्नो सारा श्रोत, सम्पत्ति र सपना समेत खर्चिएको बताएकी छिन्।

फिल्म क्षेत्रमा आफू तीन दशकदेखि रहेको बताउँदै झरनाले फिल्म ‘एक भागवत् गीता’ आफ्नो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर निर्माण गरेको पनि बताएकी छिन्।

उनले लेखेकी छिन्, ‘थाहा छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन। सत्य बोलिरहँदा पनि, सहि छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नु होला नि होइन?’

केही धार्मिक सङ्घसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि अहिले बोर्डले यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तैयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’को सेन्सर सिफारिस रोकिरहेको छ।

प्रकाशित: २४ भाद्र २०८० ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App