१२ पुस २०८१ शुक्रबार
image/svg+xml
कर्पोरेट

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेदेखि दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित रु ५० रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउँन सक्छन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल गर्न सक्छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ ।  

कर सहितको सेवा शुल्क रु २.४८ र १ दिने अनलिमिटेड डेटाको रु ५० गरि ब्यालेन्स रिचार्ज गर्दा कुल रु ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन् ।  

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ । एनसेलले यो अनलिमिटेड डेटा बाहेक रु ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ । 

प्रकाशित: ४ पुस २०८१ १८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App