२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

टेलिकमले प्रति शेयर ४८ रुपियाँ लाभांश दिने

काठमाडौँ, चैत २६ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आजको पाँचौ वार्षिक साधारणसभाले आव २०६८।०६९ को मुनाफा रकममध्येबाट प्रतिसेयर रु ४८ का दरले नगद लाभांश वितरण गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरेको छ।

यही चैत २९ गतेदेखि सेयरधनीलाई एनएम बैँकका मुलुकभरका शाखामार्फत साधारणसभाबाट पारित भएबमोजिमको नगद लाभांश वितरण गरिने जनाइएको छ।

साधारणसभाले आव २०६८।०६९ का लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०६९ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणलाई छलफल गरी पारित गरेको छ। साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव२०६९।०७० का लागि कम्पनीका लेखा परीक्षकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कुबेर शर्मालाई नियुक्त गरेको छ। रासस

प्रकाशित: २६ चैत्र २०६९ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App