२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १४:२ अपराह्न

पोखरालाई ‘नाइस फर माईस’ ले निम्त्याएको अवसर

नेपाल–भारत र चीनका व्यवासायीको एक्स्पोले पोखरामा आगामि दिनमा माइस टुरिजम भित्र्याउनका लागि सघाउने व्यावसायीको विश्वास छ।

पोखराको वायु गुणस्तर खतरनाक तहमा

पर्यटकीय सहर पोखरा पछिल्लो समय वायु प्रदूषणले ग्रसित भएको छ। फाट्टफुट्ट पानी परेपनि सहरभित्रको प्रदूूषण कम भएको छैन। पोखराको वायु गुणस्तर सूचकांक खतरनाक तहमा पुगेको वातावरण विभागले बताएको छ।

पोखरामा भेट्दै नेपाल–चीन र भारतका पर्यटन व्यावसायी

व्यावसायिक साझेदारी गर्ने उद्देश्य सहित नेपाल, चीन र भारतका पर्यटन व्यावसायी पोखरामा भेला हुँदैछन्। तीनवटा मुलुकका पर्यटन व्यावसायीको यो भेलाले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न सघाउने व्यावसायीको अपेक्षा छ। पोखराको पर्यटन क्षेत्रका लागि यो भेला अझै बढी महत्वपूर्ण रहेको उनीहरुको भनाई छ।

पोखरामा फोहोर संकलन दौड

हरियाली प्रर्वद्धन, जलवायु परिवर्तन र स्वच्छ सहरबारे सचेतना फैलाउनका लागि पोखरामा शनिबार फोहोर संकलन दौड आयोजना गरिएको छ। पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो।

पोखरा बेलुन विष्फोट प्रकरण: कार्यक्रमलाई तामझाम बनाउने शैलीले निम्त्याएको घटना

पोखरामा गत शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा घटेको घटनापछि पोखरा र सामाजिक सञ्जालमा एउटा बहस भने निकै नै उब्जेको छ। त्यो बहस हो, औपचारिक कार्यक्रमलाई तामझामपूर्ण बनाउने, उद्घाटनका लागि फरक शैली अपनाउने, सुरक्षा प्रति संवेदनशील नहुने लगायतका विषयले सामाजिक सञ्जाल तातेको छ।

डेढमहिना ढिलागरि ‘पोखरा भ्रमण वर्ष’ घोषणा

सन् २०२५ मा स्वदेशी र विदेशी गरि २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिबार विधिवत् घोषणा गरिएको छ।

पोखरा भ्रमण वर्ष २०२५ः ‘पाहुनालाई सपरिवार पोखरा घुम्न बोलाउँछौं’

पोखरामा स्वदेशी र विदेशी गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारीमा जुटेको पोखरा महानगरपालिकाले पर्यटक भित्र्याउनका लागि योजना सार्वजनिक गरेको छ। त्यसका लागि पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट गर्ने तथा २०२५ भित्रै पर्यटन क्षेत्रलाई लक्षित गरी ‘टुरिजम ईन्भेष्मेन्ट समिट’ को समेत आयोजना गर्ने महानगरले बताएको छ।

पर्यटकीय राजधानीको सडकमा फोहोरको डंगुर

पर्यटकीय राजधानी पोखराको सडकमा यतिबेला फोहोरको डंगुर देख्न सकिन्छ। नियमित रुपमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँमा स्थानीयको अवरोध भएपछि केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ। चोकचोकमा फोहोरको थुप्रो थपिँदै जाँदा यहाँ दूर्गन्ध फैलिन थालेको छ।

पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक लक्ष्य

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारी थालिएको छ। आन्तरिक र बाह्य गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने र पोखरामा पाहुनाको आकर्षण थप्नका लागि विभिन्न प्याकेज पनि दिने तयारी गरेको पोखरा महानगरपालिकाले बताएको छ।

पोखरामा रुख कटान: ३३ वटा पुराना रुख ठुटै पारिए

पोखराका विभिन्न ठाउँका पुराना रुख काटिएपछि आलोचित पोखरा महानगरपालिकाले कटान गरिएका काठदाउरा कब्जामा लिएको छ। पोखरामा कोटीहोम गर्ने भन्दै वर, पीपल र समीका पुराना रुख काटेर दाउरा थुपारेको महानगरपालिकाले बताएको छ। मानव सेवा फाउन्डेसनले पोखरामा कोटीहोम गर्ने भन्दै रुख कटान गरेर लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा काठजन्य सामाग्री थुपारेको महानगरको भनाई छ।

विद्यालयमा हुर्किरहेको आफ्नै ‘भजन टोली’

पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा कक्षा ८ मा अध्ययनरत प्रज्जवल पहारी भजन टिमको नेतृत्व गर्छन। पहारीको नेतृत्वमा दशजनाको टिम तयार छ, जसले भजन गाएर धेरैलाई मन्त्रमुग्ध बनाउँछ। त्यत्तिमात्र नभई छमछम नचाउँछन्।

‘डेभिज फल्स’ ४७ वर्षपछि महानगर मातहत

पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिज फल्स) कसले संचालन कसले गर्ने भन्ने विवादको टुंगो लागेसँगै पोखरा महानगरपालिकाले छाँगो संचालन गर्न थालेको छ। यसअघि पोखरा उपत्यका नगरविकास समितिको निर्णय अनुसार २०३४ सालदेखि स्थानीय छोरेपाटन माविले छाँगो संचालन गर्दै भएको आम्दानी लिँदै आएको थियो। ४७ वर्षपछि छाँगो पोखरा महानगर मातहत आएको छ।

पोखरामा रुख कटान: अनुमति छैन, तर धमाधम काटिए पुराना रुख

पोखरा क्षेत्रमा जथाभावि वर, पिपल र समीका पुराना रुख काटिएको भन्दै आलोचना भईरहेको बेला डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकासँग रुख काट्न कसैले अनुमति लिएको वा नलिएको भन्दै प्रष्टिकरण मागेको छ। पोखरा महानगरले भने कसैलाई पनि रुख काट्ने अधिकार नभएको भन्दै कटान गर्नेलाई कारवाही गरि छाड्ने प्रतिवद्धता जनाएको छ।

छिमल्ने निहुँमा पुराना रुखलाई ठुटै पारियो

पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।

औद्योगिक ब्यापार मेलाभित्रै सूचनाप्रविधि र मोवाइल एक्स्पो

राष्ट्रिय औद्योगिक ब्यापार मेलाभित्रै सूचना प्रविधिसम्बन्धि जानकारी दिनेगरि क्यान इन्फोटेक र मोवाइल एक्स्पो पनि संचालन हुने भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ १० देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक ब्यापार मेला संचालन हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्