२५ पुस २०८१ बिहीबार
image/svg+xml

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ। नेपालको इन्धनबजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो। नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ।

निगम जग्गा खरिदमा भ्रष्टाचार : चितवनमा १४ करोड पर्नेलाई ७५ करोड भुक्तानी

नेपाल आयल निगमले भण्डारणस्थल बनाउन चितवनमा चलनचल्तीमा रहेको भन्दा पाँच गुणा बढी महँगोमा जग्गा किनेको भेटिएको छ। जग्गा खरिदमा भएको घोटाला अध्ययन गर्न चितवन पुगेको संसदीय छानबिन समितिसमक्ष स्थानीय जनप्रतिनिधिले यस्तो जानकारी दिएका हुन्।

निगमले जग्गा किन्दा सर्लाहीमा १७ करोड घोटाला भएको संसदीय समितिको ठहर

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ। स्थलगत अध्ययन गर्न सर्लाही आएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो।

संसदीय समिति भन्छ- 'झापामै ४० करोड घोटाला'

नेपाल आयल निगमले खरिद गरेको जग्गामध्ये झापामा मात्रै ४० करोड रुपैयाँ  घोटाला भएको निष्कर्षमा संसदीय समिति पुगेको छ। निगमले इन्धन भण्डारणस्थल बनाउन खरिद गरेको जग्गामा करोडौं रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक भएपछि संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति स्थलगत अनुगमनमा झापा आएर अध्ययन गर्ने क्रममा यो निष्कर्ष निकालेको हो।

खड्कामाथि कारबाही गर्न अलमल

अर्ब हाराहारी घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न आपूर्ति मन्त्रालयले अलमल गरिरहेको छ। कारबाही अघि बढाउने तीन विकल्प भए पनि आपूर्तिमन्त्री शिवकुमार मण्डलले प्रक्रिया अघि बढाएका छैनन्।

अायल निमगले कमसल जग्गा महँगोमा खरिद गरेको जनप्रतिनिधिको भनाइ

‘किसानबाट प्रतिकठ्ठा दुई-अढाई लाख रुपैयाँमा किनेको जग्गालाई आयल निगमले दस लाखभन्दा बढी मूल्यमा किनेको भन्नु सरासर भ्रष्टाचार हो । ’

तेल ढुवानीमा तीन करोड लुट

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा भएका अनियमितता एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । जग्गा खरिदमा करोडौं घोटाला भएको सेलाउन नपाउँदै निगमभित्रको अर्को लुटको रहस्य खुलासा भएको छ।

विदेशी एनजिओमाथि करोडौं घोटालाको आरोप

ज्योतिको घर नेपालले सामाजिक कार्यको नाममा गैरकानुनीरुपमा करोडौं रकम कुम्ल्याएको आरोप लगाएको छ। ज्योतिको घर-नेपालले नाटकीय ढंगले करिब ६ सय नेपाली चेलीहरुलाई भारतको बेश्यालयबाट उद्धार गरेको र ९ सय चेलीबेटीहरुको लागि घरसमेत सञ्चालन गरिरहेको दाबी गरेको छ।

बेचेको मूल्य नभन्न निगमका अधिकारीद्वारा जग्गाधनीलाई धम्की

नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन्। चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन्।

आयल निगमको जग्गा खरिद ‘चोर बाटो’बाट

चलनचल्तीको मूल्यभन्दा निकै गुणा महंगोमा जग्गा किनेर करोडौं अनियमितता गरेको आरोप लागेको नेपाल आयल निगमले कानुनलाई समेत धज्जी उडाएर ‘चोर बाटो’बाट जग्गा किनेको अर्को तथ्य सार्वजनिक भएको छ । निगमले अर्बौं रुपैयाँको जग्गा खरिद गर्दा विद्यमान ऐन, कानुन र निगमकै नियमावलीलाई समेत लत्याएर किनेको संसदको विधायन समितिले जनाएको छ ।

किन निलम्बित भएनन् खड्का ?

पाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्र्कष छ– ‘जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो ।’ संसद्को सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्‍यो ।

आयल निगमको अनियमितता : प्रधानमन्त्री कार्यालयले देखायो चासो

नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमिततामा आपूर्ति मन्त्रालयको मौनताप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो व्यक्त गरेको छ। जग्गा खरिदमा घोटाला भएको सार्वजनिक भएपछि तत्काल छानबिन गर्न गत साउन २१ गते दिएको निर्देशनलाई बेवास्ता गरेपछि मन्त्रिपरिषद्को कार्यालयले फेरि सचेत गराएको हो।

सञ्चालक समितिलाई पनि टेरेनन् खड्काले

नेपाल आयल निगमलाई जग्गा खरिद गर्दा करोडौं कमिसन खाएको आरोप लागेका कार्यकारी निर्देशक गोपाल खड्काले सञ्चालक समितिको निर्णयको पनि धज्जी उडाएको खुलासा भएको छ। निगम सञ्चालक समितिबाट चार ठाउँमा करिब ५८ बिघा जग्गा खरिद गर्ने स्वीकृत लिएका खड्काले कमिसनकै लोभमा ९१ बिघाभन्दा बढी खरिद गरेको खुलेको हो।

लेखा समितिको ठहर : निगम जग्गा खरिदमा घोटाला

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न अर्बौं रुपैयाँको जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको ठहर संसदीय समितिले गरेको छ। संसद्को सार्वजनिक लेखा समितिको अध्ययनले अनियमितता भएको देखाएको हो।

आयल निगम जग्गा डुबानमा

दलालमार्फत करोडौं रुपैयाँ कमिसन लिएर नेपाल आयल निगमले पेट्रोलिमय पदार्थ भण्डारण डिपो बनाउन भैरहवाको रोहिणी नदी किनारमा किनेको जग्गा डुबानमा परेको छ। ओमसतिया गाउँपालिका– ४ र ५ पर्ने रोहिणी नदी किनारमा किनेको जग्गा शुक्रबारको वर्षाले डुबानमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्