६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

पोखरा महानगर र कोइकाबीच हरित रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्ने बारे सम्झौता भएको छ।

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।

पोखरा म्याराथनको तयारी हुँदै

पोखरा अन्तरराष्ट्रिय म्याराथनका १८ औं संस्करणकोे तयारी शुरु गरिएको छ। आन्तरिक तयारीसँगै नगद ५ लाख रुपैयाँको पुरस्कार पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तुलकुमार गुरुङले प्रायोजन गर्ने घोषणा गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: विमानस्थल थियो र त सिचुआन र ड्रुक आए

नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलागेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा क्षेत्रको पर्यटनको लागि अवसरको ढोका भने खुलादिएको छ। त्यसका दुइ उदाहरण हुन–ड्रागन बोट रेस फेस्टिबल र ड्रुक एयरको चार्टर उडान। अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त पोखरामा ड्रागन बोट रेस फेस्टिबल नहुन पनि सक्थ्यो भने ड्रुकको जहाज पोखरा आउने थिएन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले गर्याे पहिलो व्यवसायिक उडान

संचालनमा आएको ८ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो।

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले जहाज चार्टर्ड गरेको छ। नेपाल भित्रिएका ती पाहुनालाई लिन ड्रुकको जहाज पोखरा आउन थालेको हो।

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज

पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुवात गरेको छ।

दुई महिनापछि सुरु भयो पोखरा–जोमसोम उडान

अहिले निजी हवाई कम्पनि समिट एयरले पोखरा–जोमसोम रुटमा उडान थालेको छ। निजी क्षेत्रको अर्काे हवाई कम्पनि तारा एयरले पनि भदौ २५ गतेदेखि यही रुटमा उडान गर्ने तयारी थालेको छ। समिटले अहिले एउटा जहाजबाट उडान सुरु गरेको छ। ताराले पनि सुरुवाती चरणमा एउटा जहाज पोखरामै राखेर उडान गर्ने बताएको छ।

पोखरामा २३ वर्षपछि बाघजात्रा

पोखरामा झण्डै अढाई दशकपछि बाघजात्रा शुरु भएको छ। जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा २३ वर्षपछि सोमबारदेखि बाघजात्रा शुरु भएको हो।

अर्थमन्त्री महत भन्छन्ः समस्यालाई कहालिलाग्दो मात्र नबनाऔं

पर्यटन व्यावसायीले लामो समयदेखि एकैखालका यस्तै गुनासा गरिरहँदा सोमबार पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यावसायीलाई अझै केही समय धैर्य गर्न सुझाव दिएका छन्। अर्थमन्त्री महतले लामो समयदेखिका समस्यालाई कहालिलाग्दो नबनाउन पनि सुझाए। समस्यालाई कहालिलाग्दो बनाएर असन्तुष्ट बनिरहँदा आफ्नै कारणले सबैतिर खराब हुने उनको सुझाव छ।

क्रान्तिका लागि गठन भएको मोर्चाले एकताको परिचय दिन्छः प्रधानमन्त्री दाहाल

मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे।

पोखरामा शुक्रबार मोर्चाको सन्देश सभा, प्रधानमन्त्री सहित शीर्ष नेता आउने

पोखरामा शुक्रबार हुने मोर्चाको सन्देशसभामा भाग लिन शीर्ष नेताहरु पोखरा आउने भएका छन्।समाजवादी मोर्चाको गण्डकी संयोजकमा गायत्री गुरुङ चयन भएकी छन्। समाजवादी मोर्चाले गुरुङको संयोजकत्वमा समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समिति गठन गरेको हो।

२२ औं संस्करणमा सहाराले बचायो तीनलाख रुपैयाँ

सहारा क्लब पोखराले गतवर्ष आयोजना गरेको फुटबल प्रतियोगिताबाट तीन लाख १८ हजार रुपैयाँ बचत गरेको छ। क्लबले आफनो आयव्यय सार्वजनिक गर्दै २२ औं संस्करणको फुटबल प्रतियोगिताबाट बचत गरेको जानकारी गरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्