२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

२२ औं संस्करणमा सहाराले बचायो तीनलाख रुपैयाँ

सहारा क्लब पोखराले गतवर्ष आयोजना गरेको फुटबल प्रतियोगिताबाट तीन लाख १८ हजार रुपैयाँ बचत गरेको छ। क्लबले आफनो आयव्यय सार्वजनिक गर्दै २२ औं संस्करणको फुटबल प्रतियोगिताबाट बचत गरेको जानकारी गरायो।

क्लबले सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थं गत पौष १४ देखी २३ सम्म २२ औं संस्करणको फुटबल प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा दश टोलीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको उपाधि विजेता संकटा क्लव काठमाण्डौं र उप–विजेता भुटनीज युथ स्पोर्ट्स क्लब मिनोस्वोटा यु.एस.ए बनेको थियो।  

संस्करणको कुल आम्दानी ९४ लाख ६५ हजार ६सय २६ रुपैयाँ गरेको क्लबले जनाएको छ। खर्च तर्फ ९१ लाख ४६ हजार ९ सय ६९ रुपैयाँ भएको क्लबले उल्लेख गरेको छ। इलेक्ट्रिक स्कुटरको तर्फबाट बेस्ट प्लेयर प्रायोजन बापत एक लाख २५ हजार रुपैयाँ, एक्सटेप स्पोर्ट्स वयर काठमाण्डौबाट स्वयसेवक पोशाक प्रायोजन बापत नगद एक लाख, बुद्ध एयरबाट २६ थान हवाई टिकट (पोखरा–काठमाण्डौ), सि.जि. कम्पनीबाट ३० हजार बराबरको २४ इन्च एल सि डी टि.भी भाग्यशाली दर्शक पुरस्कार र सहारा यु.केद्वारा म्यान अफ द म्याच ट्रफी सहित नगद, वेस्ट अफ फाइब ट्रफी र अन्य ट्रफी मेडल गरी दुई लाख बिस हजार बरावरको अतिरिक्त सहयोग प्राप्त भएको क्लबले जनाएको छ। 

मुख्य प्रायोजक हिमश्री फुड्स, प्रवर्द्धक पोखरा महानगरपालिका, उप–प्रायोजकहरु गोर्खा ब्रुहरी, हिमास एजुकेशन न्सल्टेन्सी÷मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी/मुग्लान रेस्टुरेन्ट, चरक मेमोरियल हस्पिटल नागढुंगा, प्रायोजकहरू, व्यानर प्रायोजक दाताहरु र विशेष सहयोगी संस्थाहरुमा रा.खे. प. प्रदेश खेलकुद परिषद गण्डकी, सहारा यु.के.. सहारा क्लब हङकङ सहारा क्लब अष्ट्रेलिया लगायतले सहयोगी भूमिका खेलेको अर्थ समितिका संयोजक सुनिल गुरुङले जानकारी दिए।  

प्रकाशित: १३ भाद्र २०८० ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App