८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

क्रान्तिका लागि गठन भएको मोर्चाले एकताको परिचय दिन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री समाजवादी मोर्चा क्रान्तिका लागि गठन भएको दाबी गरेका छन्।  

शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गरे। मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे।  

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभएको जिकिर गर्दै नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिर समेत गरे। सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन पनि उनले आग्रह गरे ।

यस्तै सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको भन्दै प्रधानमन्त्री दाहालले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए।  

ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।

प्रकाशित: १५ भाद्र २०८० ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App