२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

जवानको पेन्सन अब १६ वर्षमै

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही महिनाभित्र संसद्मा पठाउने कसरत गरेको छ।

साढे ११ लाख बराबरको अवैध सामानसहित चालक पक्राउ

उदयपुर प्रहरीले अवैध भएको आशङ्कामा विभिन्न सामग्रीसहित चालक र गाडी नियन्त्रणमा लिएको छ । गाईघाट–लहान खण्डको सडकमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ६ लालपत्ता नाकाबाट सुर्तीजन्य पदार्थ तथा खाद्यान्नसहित व्यक्ति र गाडी पक्राउ परेको हो ।

चितवनको कालिकामा चट्याङ लागेर एक जनाको मृत्यु

चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षीय दिल बहादुर प्रजाको बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।

कानुनले नचिनेका प्रहरीलाई के काम दिने ?

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका अधिकृतहरू तत्कालका लागि रोकिने भएपछि कसरी काम लगाउने भन्ने अन्योल उत्पन्न भएको छ।

प्रहरी र सशस्त्रका १०४ अधिकृत एकसाथ अवकाशमा

लामो समय नियमावली संशोधन नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुँदैछ।

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम छ: प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन्।

बङ्गलादेश आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो।

बांगेसिमलमाबाट एक ट्रक अवैध चिनी बरामद

वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो।

एन्फा यु–१८ युथ लिग: शीर्ष स्थानमै फर्कियो पुलिस

कप्तान सुवास बम र विक्रम गौतमको चार र साजनराज गौतम र गणेश पुलामी मगरको अर्को दुई उत्कृष्ट गोल।

लागुऔषध धेरै भेटिन थालेपछि दोलखामा चल्यो ‘प्रहरी अपरेसन’

जिल्लामा लागुऔषध कारोबारीहरूले डरलाग्दो सञ्जाल बिस्तार हुन थालेपछि दोलखा प्रहरीले लागुऔषध विरुद्ध कडा खालका ‘प्रहरी अपरेसन’ सञ्चालन गरेको छ।

दुर्घटना भएको झण्डै आधा घण्टासम्म सौर्यको विमान बलिरह्यो...

बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।

रोकिराखेको टिपरमा ठाेकिँदा स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्