१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

चक्कु हानी युवकको हत्या आरोपमा क्याफेका सञ्चालकसहित तीन जना पक्राउ

ललितपुरमा युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

सातदोबाटोमा चक्कु प्रहार गरी सुनसरीको इटहरी घर भइ ललितपुर बस्दै आएका २३ वर्षीय नयन गुरूङको हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा डडेल्धुराका २६ वर्षीय हेमराज भट्टसहित तीन जना छन्।

गएराति ललितपुर महानगरपालिका ९ च्यासलस्थित ‘टाउन अफ क्याफे’मा खाजा खाएपछि बिल तिर्ने क्रममा विवाद भएपछि भट्टले गुरुङलाई चक्कु हानेको प्रहरीको भनाइ छ । भट्ट सोही क्याफेका कर्मचारी हुन्। चक्कु प्रहारबाट गम्भीर घाइते गुरुङको उपचारको क्रममा गएराति मृत्यु भएको हो। प्रहरीले सोही क्याफेका सञ्चालक र कुकलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ पुस २०८१ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App