११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगन भन्छन् : भ्रष्टाचार पार्टीले गर्दैन, व्यक्तिले गर्छ

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारविरुद्ध कांग्रेसले धारणा प्रस्ट गरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।  

‘पार्टीले भ्रष्टाचार गर्छ त? गर्दैन। व्यक्तिले भ्रष्टाचार गर्छ,’ महामन्त्री थापाले भने, ‘तपाईँ पार्टीको यहाँ बुनपा (बुढानिलकण्ठ नगरपालिका)मा बसेर बिहान–बेलुका दु:खसुख गरेर... तपाईँले न पार्टीले खुवाको छ, न पाल्दिएको छ। तपाईँको दु:ख तपाईँसँगै छ। तपाईँ आफ्नो काम आफैँ गरेर खानुभएको छ। नेपाली कांग्रेस पार्टीको सरकार बन्दा पनि तपाईँको जिन्दगी त्यही हो, नबन्दा पनि तपाईँको व्यक्तिगत जिन्दगी त्यही हो। यसो हेर्छु सबैले आफ्नो गरेर खाएकै छ। तर, एउटा कुन चाहीँ पार्टीको जिम्मेवारी लिएर बसेको मान्छेले गलत गर्छ, त्यसले सिंगो पार्टीको मान्छेले त्यसको दोष व्यहोर्नुपर्छ।’

त्यसैले यसको उपाय पार्टीको तर्फबाट सोचेको पनि उनले बताए। ‘नेपाली कांग्रेस पार्टी के भन्छ भने भ्रष्टाचार व्यक्तिले गर्छ, त्यो व्यक्ति जतिसुकै शक्तिशाली होस्, पार्टीको जुनसुकै जिम्मेवारीमा बसेको होस्, सभापति होस। महामन्त्री होस, प्रधानमन्त्री होस, मन्त्री होस कोहीले पनि उन्मुक्ति पाउनुहुन्न।’ उसको दण्ड सजाय उसले पाउनुपर्ने र पार्टी उसको संरक्षणमा नजाने उनले जिकिर गरे।  

‘राजनीतिक कुरा हो भने ज्यान फालेर लाग्छौँ, व्यक्तिगत कुरा हो भने हामी लाग्दैनौँ,’ महामन्त्री थापाले भने। कांग्रेसले बनाएको प्रणाली भ्रष्टाचारी जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्छ भन्ने रहेको उनले बताए।

प्रकाशित: २८ चैत्र २०८१ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App