फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित तमोर फाईभ हाईड्रोपावरको आटलेट सुरुङमा काम गर्ने क्रममा ढुंगाले लागेर घाइते भएका एक जनाको ज्यान गएको छ ।
दैलेख, गुराँस गाउँपालिका–३ का भद्र बहादुर शाही गम्भीर घाइते भएका थिए। उनलाई बिहान ९:३० बजे आधारभूत अस्पताल तापेथोकमा ल्याइएको थियो । अस्पतालमा डाक्टरले उनको मृत्यु भएको घोषणा गरेका छन्।
बर्दिया, मधुवन नगरपालिका–४ का आकाश खड्काको घाइते अवस्थामा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाचिएको छ । उनलाई आधारभूत अस्पताल तापेथोकमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । उनी खतरामुक्त छन् ।
मृतक भद्र बहादुर शाहीको शव जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी आषिश पोखरेलको कमाण्डमा टोली पुनः खटिएको छ।
घटना स्थल प्रहरी चौकी तापेथोकबाट करिब ३ किलोमिटर उत्तर, बीबी पछि रहेको बताइएको छ।
प्रकाशित: ११ पुस २०८२ १५:५३ शुक्रबार





