बैंकिङ कसुर मुद्दामा फरार रहेका धनुषा जनकपुरका दिव्य श्रेष्ठ पक्राउ परेका छन्। उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २ करोड ५० लाख जरिवाना तोकेपछि उनी फरार भएका थिए।
जनकपुर उपमहानगरपालिका–९ घर भएका ३७ वर्षीय श्रेष्ठलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रामबहादुर थिङले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०८० असार ३ गते श्रेष्ठलाई साढे २ करोड जरिवाना र पीडितलाई थप साढे २ करोड बिगो भराउने फैसला गरेको थियो। सो लगत्तै उनी फरार भएका थिए।
प्रकाशित: २७ कार्तिक २०८१ १८:२७ मंगलबार