२८ पुस २०८१ आइतबार
image/svg+xml
समाज

देशभर ५ हजार ८१५ रोपनीको गाँजा फडानी

फाइल तस्बिर

नेपाल प्रहरीले देशभर ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरेको छ। प्रहरीको अनुसार आर्थिक वर्ष २०८१/०८२ मंसिर मसान्तसम्म ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको हो।

प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा १२० रोपनी, बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी सुदूरपश्चिम प्रदेशमा १७२ रोपनीमा लगाइएको गाँजा फडानी भएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा १६९ रोपनी, मधेशमा २५३ र कोशी प्रदेशमा १ हजार ८१४ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको छ। 

प्रकाशित: १५ पुस २०८१ १७:२१ सोमबार

#Nepal Police