२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

इलाममा अपराधका घटनाको संख्या बढ्दै

इलाममा अपराधका घटनाको संख्या बढेको छ। अघिल्ला आर्थिक वर्षको तुलनामा भर्खरै बितेको आव २०८०/०८१ मा कर्तव्य ज्यान, लागुऔषध, अभद्र व्यवहार,भवितव्य ज्यान, सवारी ज्यानलगायत मुद्दाको संख्या बढेको हो ।

पुलिसको प्रभावशाली जित

विक्रम गौतम एक्लैले चार गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगको पहिलो खेलमै प्रभावशाली जित हासिल गरेको छ।

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।

दुई वटा स्कुटर एक आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ७ गुण्डु तीन धारेमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

यात्रामा निस्कदै हुनुहुन्छ ? सडक अवरुद्ध हुनसक्छ प्रहरीलाई सोधेर निस्कनुस्

नेपाल प्रहरीले भारी वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएको जनाएको छ। प्रहरीले जारी गरेको पछिल्लो सूची अनुसार देशभरका ४४ वटा प्रमुख राजमार्गहरू अवरुद्ध छन्।

नेपाल प्रहरीले भन्यो: वित्तीय अपराध अनुसन्धानको क्षेत्र हाम्रो होइन

नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएको छ।

१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ जना पक्राउ

नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ।

पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवामा सिफारिस गरेको हो।

दोस्रो महिला हाफ म्याराथन उपाधि पछाईलाई

दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्।

विवाहमा आएका युवाको छुरा प्रहार गरी हत्या

विराटनगरमा एक युवाको छुरा प्रहार गरी हत्या भएको छ। सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको हो।

ताप्लेजुङ पहिरो अपडेटः मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्