२० चैत्र २०८१ बुधबार
image/svg+xml १५:५८ अपराह्न

छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली!

छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली, र, वर्षौंदेखि उसैगरी सुसाइरहेछ कर्णाली। आफैँ प्यासी छ आफै भोको छ तर पनि, बगरहरूलाई अमृत चुसाइरहेछ कर्णाली।

राधिका आँगनका तुलसी ओली!

प्रधानमन्त्री ओलीले पत्नी राधिकाले लेखेको किताबमा आफूले थाहा नपाएका कतिपय कुरा पाइएको बताए। राधिकाका केही माग आफूले किताबमा फेला पारेको उनले सुनाए।

लघुकथाकारहरू - ‘रोदन’ र ‘सगर’ लाई लघुकथा सम्मान

‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।

देश बन्ने भो!

कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’

उपेन्द्रजी, जीवन अक्करे भीर मात्रै हो कि चितवनको समथर पनि?

मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई भित्रैदेखि छोएको थियो ।

व्यवहार

अहिले त्यो फोहोर छ सफा गरेपछि फोहोरो रहँदैन। हामी यहाँ कति दिनसम्म बस्नुपर्ने हो, बल्ल आएका छौं।

विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा!

विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा। जनताको गुनासो सुन्दैन संसदहरू उही पार्टीकै कुरा।

धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं!

धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं। एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं। अथाह सागरझैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई,यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं।

भुइँकुहिरो, बादल र चौंरीसँगको लुकामारी - रूवीभ्याली यात्रा

जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ।

साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली सम्मानित

माउन्ट ग्लोरी इन्टरनेसनल बोडिङ हाईस्कुल, बसुन्धरा, काठमाडौंले अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेकाे छ।

प्रणय दिवसमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण

‘वर्तमान कविता समूह’ले प्रणय दिवसको अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेकाे छ।

‘भ्यालेन्टाइन डे’को अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ। कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ। फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।

यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ!

यो दुनियाँमा कसैको भलो सोच्नु बेकार छ, सत्य बाटोमा हिंड्ने मान्छेको जहिल्यै हार छ। इमान्दारितापूर्वक राम्रो काम गरे पनि के गर्नु, यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ।

अझ डलर झर्ने भए अलकत्रा नै चाट्थे होलान्!

कुरा काट्दा पैसा फले रातदिन कुरा काट्थे होलान्, अझ डलर झर्ने भए अलकत्रा नै चाट्थे होलान्। छाती फुट्दा सिसा जस्तै आवाज आउँदै पैसा झरे, लोभीहरू सिसासँग आफ्नो छाती साट्थे होलान्।

राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार!

राहदानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार, राष्ट्रियता मार्छ र सत्ता बचाउँछ मेरो सरकार। पावरफुल पनि कति हो कति हेर न, पत्रकार, न्यायलय औंलामा नचाउँछ मेरो सरकार।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्