१४ पुस २०८२ सोमबार
image/svg+xml

‘चुनाव धोका हो’ भन्दै निर्वाचन आयोगभित्रै ‘जेन-जी’ को नाराबाजी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा केही युवाहरु नाराबाजी गरेका छन्।

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ।

नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा डोङफेङको हालसम्मको प्रदर्शनको समीक्षा गर्दै ग्राहक प्रतिक्रिया, बजारको ट्रेण्ड तथा सञ्चालन दक्षताबारे जानकारी लिएको थियो।

सुर्तीजन्य पदार्थसम्बन्धी निर्देशिका कार्यान्वयनमा सर्वोच्चको कारण देखाउ आदेश

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै उक्त मुद्दालाई अग्राधिकारका साथ सुनुवाइ गर्ने निर्णय गरेको हो।

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियोः मन्त्री खरेल

मन्त्री खरेलले निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गरिरहेको बताए ।

अब जुम्लाको हिमामा पनि फोरजी सेवा, हट्यो नेटवर्क खोज्न डाँडामा चढ्नु पर्ने बाध्ययता

लामो समयदेखि निर्माणाधीन नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक फोरजी इन्टरनेटसहितको भरपर्दो सञ्चार सेवा सुरु भएको हो।

चिसोले चितवनको जनजिवन प्रभावित, तीन दिनदेखि उडान बन्द

लगातार तीन दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार, आइतबार र सोमबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका छन् ।

'राष्ट्रियसभा अधिवेशन पुस अन्तिम सातादेखि'

भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने समय भइसकेको भन्दै सरकारको तयारी बारे चासो राखेका थिए ।

सेवाग्राहीलाई ‘हाइसन्चो’ : चार सरकारी अड्डा एकै ठाउँमा, हटे सास्ती र झन्झट

कालीकोट सदरमुकाममा रहेको एकीकृत सरकारी भवनबाट चार सरकारी कार्यालयले एकसाथ सेवा प्रवाह सुरु गरेका छन्।

नायक नबल खड्का बने खोटाङ सेवा समाजको अध्यक्ष

चलचित्र अभिनेता नबल खड्का खोटाङ सेवा समाजको अध्यक्ष चयन भएका छन्। राजधानी काठमाडौंमा आइतबार राति सम्पन्न समाजको ११औँ राष्ट्रिय अधिवेशनबाट चलचित्र निर्देशकसमेत रहेका अभिनेता खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो।

हर्कले भने- बालेन जहाँबाट उठे पनि हराउँछौं, उनीहरू एमसीसीका मतियार हुन्

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आगामी संसदीय निर्वाचनमा पराजित गर्ने चेतावनी दिएका छन्।

एनभीए च्याम्पियनसिप: महिलातर्फ न्यू डायमन्ड र सूदूरपश्चिम विजयी

नवौँ महिला तथा पुरुष एभभिए च्याम्पिनसिप अन्तर्गत आज भएको खेलमा महिलातर्फ न्यू डायमन्ड क्लब र सूदूरपश्चिम खेलकुद परिषद विजयी भएका छन्।

च्याउ खेतीमा जुटेका अभिनेता रिमाल

रिमालले समयको सदुपयोग गर्दै मशरुम उद्योगमा लगानी गर्ने निर्णय गरे। उनी आधुनिक हाइटेक प्रविधिबाट बागमती र गण्डकी प्रदेशमा च्याउ उद्योग सञ्चालन गर्दै आएका छन्।

पोखराको पर्यटनः अबको एकसातालाई पाहुना पर्याप्त

अबका केहीदिन पोखराका सबैजसो होटल स्वदेशी तथा विदेशी पाहुनाले भरिभराउ हुनेछन्। पर्यटन क्षेत्रमा यो बेला अफसिजन मानिन्छ। तर, पोखराले अफसिजनको यही मौका सदूपयोग गर्दै अढाईदशक अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको त्यही बहानामा पोखरा घुम्न आउने पाहुनाको यो बेला घुइँचो लाग्ने गर्छ। महोत्सवताका पोखरा आउने पाहुनाले गरेको बुकिङका कारण होटल पाहुनामय हुनेछन्।

सरकारको एकीकृत वित्तीय विवरण सार्वजनिक

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्