४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उत्तरी गोरखा पुगे गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरुसहित तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन्।

गण्डकीमा मार्सल लगाएर बजेट पारित

बुधबार बसेको तेस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो।

मार्सल लगाएर बजेट पारित, बिपक्षीद्वारा कुर्सी तोडफोड

गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ । गण्डकी प्रदेश सभाको बुधबार बसेको तेश्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो ।

गण्डकी प्रदेशसभाः विनियोजन विधेयक पेश, एमाले सांसदले फाले टेबुल

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदभित्रै टेबुल फालेका छन्।

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी गरिएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ।

युवा तथा खेलकुद मन्त्रालयमा मनांगेको ह्याट्रिक

तीन महिना अवधिमा तीनपटकसम्म गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री बन्दै राजीव गुरुङ(दिपक मनांगे)ले ह्याट्रिक गरेका छन् ।

गण्डकी प्रदेशः रकमान्तरको फेहरिस्त माग्दै एमालेद्वारा प्रदेशसभा बैठक अबरुद्ध

प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अबरुद्ध गरेको छ। असारको अन्तिममा आएर सरकारले गरेको रकमान्तरको फेहरिस्त माग्दै एमालेले सदन अबरुद्ध गरेको हो।

कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चले दुवै पक्षलाई बोलायो

रिट निवेदकहरूले भारतीय चाहना र योजनाअनुसार नेपालका नदीको प्राकृतिक धार परिवर्तन गर्न खोजिएको दाबी गरेका छन्। ‘भारतको नदी जडान आयोजनाले नेपाललगायत सबै हिमाली क्षेत्रका १४ नदी, डेक्वैन पठारका १८ नदी र भारतअन्तर्गतका ३७ वटा अन्तरप्रदेशीय नदी जडान गर्न खोजिएको छ,’ रिट निवेदनमा उल्लेख छ।

कालीगण्डकी डाइभर्सनको निर्णयसहित आउन सरकारलाईआदेश

न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेशको छलफलका लागि सरकारलाई साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित उपस्थित हुन आदेश दिएको छ।

गण्डकीमा १४ करोड रकमान्तर

कांग्रेस नेतृत्वमा बनेको विपक्षी गठबन्धन सरकारले असारमा १३० नयाँ योजनाका लागि रकमान्तर गरेको हो । अर्थ मन्त्रालय समेत सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा रकमान्तर भएको स्रोतले बताएको छ।

गण्डकी प्रदेश सरकारले २० देखि २५ लाख मूल्य भन्दा महंगा गाडी नकिन्ने

गण्डकी प्रदेश सरकारले २० देखि २५ लाख मूल्यभित्रका गाडी मात्र किन्ने भएको छ । अत्यावश्यक परेको खण्डमा मात्र गाडी किन्ने बताउँदै प्रदेश सरकारले गाडी किन्दा एकरुपता र मितव्ययिता कायम गर्ने बताएको हो ।

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक: प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन्।

सत्ता साझेदारीमा सहमति नजुट्दा बजेटमाथिको छलफल अन्योलमा

आर्थिक वर्ष २०७८/७९ को बजेट लागु हुन अब १० दिन बाँकी छ । तर गण्डकी प्रदेशमा बजेट पास हुनु त परको कुरा, बजेट माथि छलफलको समेत सुरसार छैन ।

कालीगण्डकी संरक्षणमा बेवास्ता उपयोग गर्न भने तानातान

‘पहिला कालीगण्डकीलाई हरेक कोणबाट संरक्षण गरौं। त्यसपछि बल्ल कुन रुपमा उपयोग गर्ने भन्ने योजना बनाउँला। उपयोगमा तानातान गर्ने तर संरक्षणमा चासो नदिने सरकारी रबैया हानिकारक छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्