१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ। बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११.०० बजे बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए।

नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताए। सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उनले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताए। पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गरे। 

प्रतिपक्षका अन्य सदस्यहरुले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आजै १.०० बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। दिउँसो १.०० बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि भोलि बिहान ११.०० बजेसम्मका लागि बैठक स्थगित भएको छ।

प्रकाशित: २७ असार २०७८ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App