१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युवा तथा खेलकुद मन्त्रालयमा मनांगेको ह्याट्रिक

तीन महिना अवधिमा तीनपटकसम्म गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री बन्दै राजीव गुरुङ(दिपक मनांगे)ले ह्याट्रिक गरेका छन् । सम्भव नेपाली राजनीतिको इतिहासमा तीन महिनामा तीन पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी नै हुन् ।  

लामो समय भौतिक योजना मन्त्रालयको दावी गर्दै आएको मनांगेले अन्तत युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मनाङबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित राजीव गुरुङ(दिपक मनांगे) तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् । उनले विना विभागिय मन्त्रीको रुपमा सपथ खाएको एकमहिनापछि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीलाई पुनः सम्हालेका हुन् ।  

उनै गुरुङले नेकपा एमालेको नेतृत्वमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिएपछि प्रतिपक्षमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन सम्भव भएको थियो । बैशाख १६ गते पहिलो पटक उनलाई मन्त्री बनाउन पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

सरकार गठनको लागि बहुमतको हस्ताक्षर नपुगेपछि मुख्यमन्त्रीको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए । मुख्यमन्त्री गुरुङले विश्वासको मतकै लागि मनाङेलाई दोस्रो पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर विश्वासको मत पाउने आशामा रहेपनि युवा तथा खेलकुद मन्त्री मनाङले संघीयता नै धरापमा पर्ने जनाउँदै विपक्षीलाई समर्थन जनाए । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागिरहँदा युवा तथा खेलकुद मन्त्री मनाङे भने संसदमा उपस्थित भएका थिएनन् । स्वतन्त्र सदस्य रहेका मनाङेले नेपाली काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न पक्षमा हस्ताक्षर गरेका थिए । उनै मनाङले डेढमहिनाको बीचमा तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् ।

प्रकाशित: २७ असार २०७८ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App