४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेतीगण्डकी पुल निर्माणमा ढिलाइ

तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो।

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति: छ वटासम्म घर, किलोका गरगहना

थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन्। त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ।

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति

गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन । मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार मन्त्रीहरुसँग अथाह सम्पत्ति देखिएको छ । गरगहना समेत किलोका दरले रहेको मन्त्रीहरुले देखाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, मनाङेले बुझाएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

गण्डकीमा ६५४ जना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।

गण्डकीमा मुख्यमन्त्रीको अनुमति बिना मन्त्रीले जिल्ला छाड्न नपाउने

गण्डकी प्रदेशका मन्त्रीहरुले प्रदेशको राजधानी छाड्न मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ। यसअघि विदेश जानुपर्दा मात्रै मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने प्रावधान थियो।

पुराना योजना र कार्यक्रम नकाट्न एमालेको प्रदेश सरकारसँग अनुरोध

नेकपा एमाले गण्डकी प्रदेशले कांग्रेस नेतृत्वको वर्तमान सरकार ‘समृद्ध प्रदेश र सुखी प्रदेशबासी’ सपनाको कट्टर विरोधी भएको आरोप लगाएको छ ।

एमाले गण्डकीले बनायो छाँया सरकार

नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छाँया सरकार बनाएको हो । तर एमालेले भने यसलाई छाँया सरकार नभई संसदीय समूह भनेर परिभाषित गरेको छ ।

बूढीगण्डकीले बगाएको यारुबगरको बाटो खच्चड हिड्ने बन्यो

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको पैदलबाट निर्माण पुरा भएको छ ।

योजनामा दोहोरोपन आउन नदिनेगरि सहकार्य गरिन्छः मन्त्री आचार्य

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आफु मातहको डिभिजन र कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा मात्रै काम गर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्