५ आश्विन २०८१ शनिबार
image/svg+xml

फेवामा खसेका कविता

त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका रूपमा राखिदिएझैं लाग्छ।

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले बिहीबार थालेपोखरा पुगेर ज्येष्ठ नागरिकको घरमै उपचार गरेकाे छ।

नेपाल सुपर लिगः आज दुई महत्त्वपूर्ण खेल हुँदै

आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।

सडक महोत्सवको प्रचारका लागि पोखराको टोली सौराहामा

पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान)को टोली सौराहामा आइपुगेको छ।

पोखराका ठूला होटलमा क्रिसमस र न्यू इयर प्याकेज

पोखराका धेरैजसो होटलले क्रिसमस र नयाँवर्ष को अवसर पारेर विभिन्न प्याकेज ल्याएका छन्। यसले पोखरामा थप आन्तरिक पाहुना भित्र्याउन सघाउने व्यावासायीको अपेक्षा छ। अघिल्ला वर्ष भन्दा यो पटक बढी पाहुना पोखरा भित्र्याउने लक्ष्य सहित सडक महोत्सवको तयारी गरिरहँदा होटलले आकर्षक प्याकेज ल्याउने गरेको व्यावसायीको भनाई छ।

बुद्ध एयरको आकस्मिक ढोका खोल्ने यात्रुलाई के आपत परेछ ?

बुद्ध एयरको पोखरा व्यवस्थापक गौतम बरालले विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको समय अगाडीको आकस्मिक ढोका यात्रुले अकस्मात खोलिदिएको नागरिक न्यूजलाई बताए।

रैथाने बालीसँगै परिकार प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताए।

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

प्याराग्लाइडिङ विवाद: सिजनको बेला उडान रोकिँदा पर्यटन क्षेत्र प्रभावित

एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको महत्वपूर्ण पर्यटकीय प्रडक्ट मानिएको प्याराग्लाइडिङको उडान विगत एकसातादेखि रोकिएको छ। प्याराग्लाइडिङ व्यावसायी सहित छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विभिन्न चरणमा वार्ता भएपनि अझै निष्कर्ष निस्किन सकेको छैन। विवादले गर्दा अहिले उडान ठप्प छन्।

प्रधानमन्त्रीले गरे मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्।

व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

सफल व्यावसायी बन्न के गर्नुपर्छ? अनुभव, पैसा, क्षमता भए पर्याप्त हुने धेरैको बुुझाई छ। तर, पोखराका अग्रणी व्यावसायी आनन्दराज बतास भने पैसा, क्षमता र अनुभवले मात्र व्यावसायमा सफलता नमिल्ने बताउँछन्। व्यावसायमा सफलता हात पार्ने बतासको एउटा सुत्र छ, त्यो हो ‘सकारात्मक सोंच’।

‘जाउँ है पोखरा’ अभियानः शैक्षिक भ्रमणदेखि ‘हनिमुन’ सम्मको प्याकेज

पोखरा र आसपासका क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीले विभिन्न पाँचवटा नयाँ प्याकेज ल्याएका छन्। होटलमा खाने, बस्ने र घुमघाम सहितको प्याकेज अरुबेलाको भन्दा केही सस्तो पर्ने पर्यटन व्यावसायीको भनाई छ। ‘जाउँ है पोखरा’ अभियानमा निस्केको होटल संघ पोखराले अभियानकै क्रममा प्याकेज पनि सार्वजनिक गरेको छ।

पोखरा जाँदै गरेको बस दुर्घटना, १८ घाइते (घाइतेहरूको नामावलीसहित)

आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका –१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

पोखरा म्याराथनमा धावकलाई अनलाइनमै प्रमाणपत्र दिइने

२२ वर्ष अघि स्थापना भएको भूतपूर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ।खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्