१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सडक महोत्सवको प्रचारका लागि पोखराको टोली सौराहामा

पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान)को  टोली सौराहामा आइपुगेको छ।

पुस १२ देखि १६ गतेसम्म हुने २५ औं संस्करणको पोखरा सडक महोत्सवको प्रचारका लागि पोखराको टोली बिहीबार सौराहा आइपुगेको हो।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा यस वर्ष पनि सडक महोत्सव गर्न लागिएको बिहीबार सौराहामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ कि.म. सडक क्षेत्रमा हुने महोत्सव संयोजक विश्व राज पौडेलले जानकारी दिए।

'सडक मै खाउ, सडक मै रमाउँ' भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा पृथक तरिकाले सञ्चालन हुने बताइएको छ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, वोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मूलक सडक नाटक,पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरूको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृर्षि, वनस्पति लगायतका कृर्षि उपजहरूलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले जानकारी दिए। 

कार्यक्रममा बालबालिकाका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्टी प्रदर्शन समेत गर्न लागिएको उनले जानकारी दिए। राष्ट्रिय स्तरका कलाकारको समेत सहभागिता हुनेछ। यस महोत्सवले पोखराको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ। महोत्सवबाट १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकले लिएको छ।

नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा लिइएको छ। पोखरा राजधानी पछिको ठुलो पर्यटकीय गन्तव्य हो । यहाँ देश विदेशबाट पर्यटक आउने गर्दछन्। विशेष गरी नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवको आयोजना गर्दै आएको आयोजकले जानकारी दिएको छ। 

प्रकाशित: ५ पुस २०८० १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App