१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा म्याराथनमा धावकलाई अनलाइनमै प्रमाणपत्र दिइने

२२ वर्ष अघि स्थापना भएको भूतपूर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ।

खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ। जुन म्याराथन नेपालकै पुरानो र सर्वाधिक पुरस्कार राशीको समेत हो। सिटी म्याराथनको अवधारणाबाट अघि बढेको पोखरा अन्तराष्ट्रिय म्याराथन अन्तर्राष्ट्रिय छवि बनाईसकेको छ। पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो समय एम्स र वल्र्ड म्याराथनसँग जोडिएपछि थप चर्चा चुलिएको थियो।

म्याराथनकै तयारीमा रहेको मञ्चले आफना आजिवन सदस्यसँग छलफल गरेर सुझाव लिएको छ। पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए। सहभागिहरुले मञ्चका लागि सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गरे। आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो प्रत्यक्ष खेल जीवनपश्चात रिटायर्डको समयमा अनुभव मर्न नदिनका लागि मञ्चको स्थापना भएको सुनाए।

उनले खेलकुदको विकाससँगै हाल रहेको पोखरा रंगशालालाई अतिक्रमणको चपेटाबाट बचाउने काम समेत मञ्चले नै गरेको सुनाए। मञ्चले आयोजना गर्ने अन्तर्राष्ट्रिय म्याराथन प्रविधी मैत्री हुँदै जादा थप चुनौतीहरु बढेको सुनाउँदै मञ्चका लागि योगदान दिने दिवंगत भएका सदस्यहरुलाई समेत सम्झिए।

मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले ३२ जना सदस्यको मृत्यु भइसकेको र मृत्यु भएकाले गरेको योगदान अविस्मरणीय रहेको उनको भनाई थियो। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले म्याराथनलाई थप सुरक्षित बनाउनका लागि यो वर्ष सबै इभेन्टमा चिपको जडान गर्ने तयारी भइरहेको र म्याराथनलाई प्रविधिमैत्री बनाउनका लागि फारम दर्तादेखी धावकले प्रमाणपत्रसम्म अनलाइनमै पाउने व्यवस्थाको तयारी गरेको सुनाए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पोखरा म्याराथनलाई खेलकुदको ठूलो मेलाको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए। म्याराथनले खेलकुदमात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रलाई समेत टेवा पुगेको उनको भनाई थियो। पोखरा महानगर म्याराथन सँग जोडिएको र यसलाई व्यवस्थित र स्तरीय बनाउनका लागि छलफल गरि अघि बढ्ने समेत सुनाए।

कृषि विकास बैंकका निर्देशक घनेन्द्र अधिकारीले कृषि विकास बैंकले सह–प्रायोजकको भूमिका निर्वाह गर्दा आगामी दिनमा मुख्य प्रायोजककै रुपमा रहन सक्ने समेत सुनाए। मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजिवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे। मञ्चले आगामी फागुन ५ गते म्याराथन आयोजना गर्दैछ। म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिला हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, छात्र/छात्रा ५ किलोमिटर, ह्विलचियर, दृष्टिविहिन र रन फर फनको आयोजना गर्दै आइरहेको छ।  

प्रकाशित: ३० मंसिर २०८० १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App