१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरा जाँदै गरेको बस दुर्घटना, १८ घाइते (घाइतेहरूको नामावलीसहित)

पोखरा जाँदै गरेको यात्रु बाहक बस तनहुँमा दुर्घटना भएको छ। दुर्घटनामा १८ जना यात्रु घाइते भएको तनहुँ प्रहरीले जनाएको छ। आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका–१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

मुग्लिङबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभर ट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ओभर ट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। घाइतेहरूको त्यस भेगका विभिन्न अस्पतालमा उपचार हुँदै छ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् । 

त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् । साथै भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् । 

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १ पुस २०८० ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App