४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुध्रिँदै विदेशी पर्यटक आगमन

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा केही सुधार देखिएको छ। सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ। नेपाल भित्रिएका ती विदेशी पाहुना हवाई र स्थालमार्गबाट भित्रिएका हुन्। ती मध्ये अधिक पाहुना हवाईमार्गबाट भित्रिएका थिए।

विदेशी पर्यटक आगमनः कोरोना संक्रमणपछि सबैभन्दा बढी अक्टोवरमा

कोरोना भाइरस संक्रमण सुरु भएपछिको यो अवधिमा सबैभन्दा बढि विदेशी पाहुनाको आगमन यो अक्टोबरमा भएको पर्यटन बोर्डले बताएको छ। यो अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। यो संख्या हवाई मार्ग हुँदै भित्रिएका पाहुनाको हो।

विदेशी पर्यटक आगमनमा सुधार भएकै हो त?

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा विदेशी पाहुना आगमनको सकारात्मक संकेत देखिएको भन्दै पर्यटन व्यवसायी हौसिएका छन्। पछिल्लो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा बढ्न थालेको देखिएको छ। पर्यटकीय सिजन सुरु भए अनुसार नै आगमन पनि बढ्न थालेको पर्यटन बोर्डको भनाई छ।

सात महिनामा ६१ हजार विदेशी नेपाल भित्रिए

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा अझै सुधार आउन सकेको छैन । गत मार्च, अप्रिल महिनामा केही संख्यामा विदेशी पाहुना नेपाल भित्रिएको भएपनि त्यसपछिका महिनामा आगमन निकै नै घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२१ लागेपछिको सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।

पर्यटकलाई मापदण्ड अवरोध

उडान खुलेसँगै सरकारले आठ महिनापछि नोभेम्बर १७ देखि नेपालमा विदेशी पर्यटक आगमन खुला गरे पनि सरकारी मापदण्डका कारण पर्यटक संख्या बढ्न सकेको छैन। बन्दाबन्दीको आठ महिनापछि पर्वतारोहण र पदयात्रा नियमित भए पनि अझै विदेशीलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता कायमै रहेकाले पर्यटक संख्या बढ्न नसकेको व्यवसायीको बुझाइ छ।

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ।

सिलिगुढी पुगेर पाहुना बोलाउँदै पोखरा

पोखराले बढी पर्यटक भित्रिने उत्तर पूर्वी भारतीय सहरबाट थप पाहुना भित्र्याउने उद्देश्य लिएर त्यस क्षेत्रमा प्रबर्द्धनात्मक गतिविधि सुरु गरेको छ।

भ्रमण लक्ष्य फेला पर्नेमा शंका

भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी रहँदा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षका तुलनामा १० प्रतिशत पनि बढ्न सकेको छैन। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष आठ महिनामा सात लाख ४२ हजार पर्यटक नेपाल आएका छन्। यो गत वर्षभन्दा ६१ हजार मात्र बढी हो।

सत्र प्रतिशतले बढ्यो पर्यटक आगमन

सन् २०१८मा गत नोभेम्बरसम्म नेपालमा पर्यटक आगमन हालसम्मकै उच्च पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि नोभेम्बर सम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायीको विश्वास छ।

गाडी नपाएपछि सर्वसाधारण अलपत्र, झ्यालढोकामै झुण्डिएर यात्रा (फोटो फिचर)

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले दुःख पाएका छन्। सम्मेलनको दोस्रो दिन विशिष्ट अतिथि फर्किने क्रममा सवारी आगमनमा भएको अवरोधले सर्वसाधारण बाटोमै अलपत्र परेका हुन्। साथै जोर विजोर प्रणालीले गाडी नपाउँदा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। जोर विजोरका कारण तुलनात्मक रुपमा गाडी कम चलेका थिए।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि

हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ। सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ।

कोशी टप्पुमा पर्यटक आगमन बढ्दो

चराको स्वर्ग भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटक आगमन दर बढ्दो छ। शान्तिपूर्ण अवस्थाले गर्दा पर्यटकको संख्या आगमन उत्साहजनक वृद्दि भएको हो । पछिल्लो चार बर्षको तथ्याङ्क हेर्दा पर्यटक आगमन लगातार उकालो लाग्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्