८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

लाङटाङ जान लागेका स्वदेशी पर्यटक । तस्बिर: हिमनाथ

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।

कोभिड–१९ का कारण जारी गरिएको लकडाउन तथा निषेधाज्ञाको कारण पर्यटकको आमगन निकै कम भएको हो। २०७७ साउनदेखि असार मसान्तसम्ममा नेपाली, विदेशी र सार्क राष्ट्रका गरी ४ हजार ६ सय ४० जना पर्यटक आएका छन्। जसमा ४ हजार २ सय ३० नेपाली, ३ सय ८५ विदेशी र सार्क राष्ट्रका २५ जना पर्यटक छन्।  

यो आर्थिक वर्ष ०७६/७७ को भन्दा १२ हजार २ सय ८५ कम हो। आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ९ सय २५ पर्यटक आएका थिए। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटकको आगमन घटेको कार्यालयले जनाएको छ। २०७६ पुस महिनादेखि नै पर्यटक आउने क्रम घटेको थियो।  

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण गएको पुस महिनादेखि नै पर्यटक आउने क्रम घटेको थियो। कोरोनाको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि पर्यटक आउने क्रम शुन्यमा झर्‍यो। पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक आउने क्रम बढ्दै गएको थियो। यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले खर्च पनि बढी गर्ने गरेका छन्।  

निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष ७ हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन्। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।  

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ।

प्रकाशित: १९ श्रावण २०७८ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App