३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पर्यटक आगमनः भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एकमहिनामा ८२ हजार विदेशी पर्यटक भित्र्याउने हो भने सरकारी लक्ष्य पुरा हुनेछ। यो अवधिमा भित्रिएका मध्ये धेरै पाहुना भारतीय छन्।

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।

शताब्दी पुस्ताको आगमन

औसत आयुमा आएको सुधार नरोकिने हो भने तीन दशकपछि जन्मने अधिकांश नवजात शिशुहरू शताब्दी नागरिक बन्ने देखिन्छ।

व्यवसायी भन्छन्– अब मर्न मात्र बाँकी छ !

विदेशी पर्यटक आउने मुख्य याममा पनि होटलहरूमा पर्यटक नआउँदा लुम्बिनीका होटल व्यवसायीहरू चिन्तित छन् ।

सेप्टेम्बरको पर्यटक आगमनमा झन्डै शतप्रतिशत ‘रिकभर’

झन्डै सतप्रतिशत ‘रिकभर’ हुनेगरि यो सेप्टेम्बरमा नेपालमा विदेशी पर्यटकको आगमन भएको छ। सेप्टेम्बरमा मात्र नेपालमा सबैगरि ९१ हजार १२ जना विदेशी पर्यटक भित्रिएका छन्। ती सबै हवाईजहाज मार्फत भित्रिएका यात्रु हुन्।

विदेशी पर्यटक आगमनः झन्डै ४५ प्रतिशत पाहुना सार्क मुलुकका

२०२३ जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट मात्र ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये २५ हजार ७ सय १४ जना सार्क मूलूकका पाहुना छन्। महिनाभर भित्रिएका विदेशी पाहुना मध्ये करिब आधा पाहुना सार्क मुलुकका रहेको तथ्यांकले देखाउँछ। जुलाई महिनामा भित्रिएका विदेशी पर्यटकमध्ये ४४.५ प्रतिशत सार्क मूलुकका छन्।

पर्यटन व्यवसायी भन्छन्: तथ्यांकमा पाहुना बढे पनि आम्दानी बढेन

नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।

मे महिनाको पर्यटक आगमन २०१९ कै हाराहारीमा

‘२०१९ को मे महिनाको तुलनामा यो मे (२०२३) मा नेपाल भित्रिने विदेशी पाहुनाको संख्यामा निकै नै सुधार छ। २०१९ को तुलनामा यो मे महिनामा पर्यटक आगमनको आकारमा ९९.२० प्रतिशत सुधार भएको पर्यटन बोर्डले बताएको छ।

पर्यटकबाट आर्जन हुने विदेशी मुद्रा १९० प्रतिशतले बढ्याे

कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।

अप्रिलको पर्यटक आगमनः चिनियाँ पाहुनाको आगमन ह्वात्तै बढ्यो

पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।

उपनिर्वाचन: कस्तो त्रास, कत्रो आस?

हालै मात्र तनहुँ, चितवन र बाराको उपनिर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई हराउन १० दलीय गठबन्धनले साझा उम्मेदवार उठायो र मत माग्न प्रधानमन्त्री लगायतका शीर्षस्थ नेताहरूले जिल्लाको दौडाहा गरे।

पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम

विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरोमा यतिबेला दिनमा डेढसय हाराहारीमा पदयात्री उक्लिरहेका छन्। हुन त यो बेला पर्यटकीय सिजन पनि हो, त्यसैले पदयात्रामा जाने पर्यटकको संख्या अहिले भन्दा अझै धेरै हुनुपर्ने हो। तर, कोरोना भाइरस संक्रमणले शुन्यमा झरेको आगमनमा सुधार हुँदै गर्दाको अहिलेको आगमन मध्यम आकारको मान्न सकिने व्यवसायी बताउँछन्।

पर्यटक आगमन बढे पनि व्यवसायी असन्तुष्ट

पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ९९ हजार ४ सय २६ छ।

पर्यटक आगमन बढ्दै गर्दा व्यवसायीमा गुनासोका चाङ

कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुइअंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एकलाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनैबेला महिनाको पर्यटक आगमन संख्या करिब शुन्यमा झरेको भएपनि अहिले बढेर महिनामै एकलाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन।

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्